SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    ८२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग२च २७२६ नंको जिप अनियन्त्रित भई ग१६प ९५३७ नंको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९४०५ नंको बससँग ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा उपचार गर्दागर्दै दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिनुभयो । दुर्घटनामा जिपमा सवार पोखरा–२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा–३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएकामा उनीहरुको उपचार भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं