SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    ९३२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला कार्य समितिको आयोजनामा संगीतकर्मीहरुको सहयोगार्थ कोष स्थापना गर्ने उद्धश्यले पोखरामा शनिबार भजन साँझ तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय मनबहादुर गुरुङले उद्घाटन गर्दै संगीतकर्मीहरुको सहयोगार्थ स्थापना हुने कोषको लागि राज्यले सहयोग गर्नुपर्ने वताउँदै आफुले पनि सक्दो सहयोग गर्ने वताए ।

    सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता नेपाली, राष्ट्रिय संगीतकर्मी संघ केन्द्रका प्रवक्ता होमप्रसाद सुवेदी, सदस्य आशा लामा ज्ञानमाला, गण्डकी प्रदेश संयोजक विनोद ढकाल, सदस्य शंकर ढकाल, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष पुर्ण परियार, कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर सुवेदी, संगितकर्मी संघ कास्कीका सल्लाहकारहरु कृष्णप्रसाल गौतम र कृष्ण रानाभाटलगाएतले शुभकामना दिएका थिए।

    कार्यक्रममा गित संगीत क्षेत्रमा स्थापित वरिष्ठ गायक, सर्जक, संगीतकर्मीहरुलाई प्रजापति पराजुली, हरिदेवि कोईराला, हनिफ मियाँ, प्रकाश कटुवाल, पद्यराज ढकाल, विनित जोजिजु, सम्मरबहादुर गायक, लोकनाथ सापकोटा, निर्मल खत्रीलाई सम्मान गरिएको थियो ।सम्मानितहरुको तर्फबाट पद्यराज ढकालले मन्तव्य राखेका थिए भने कलाकारहरुले भजन संर्कितन गरेका थिए ।राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष आयुषजंग कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष शंकर वरालले र संचालन महासचिव ऋषिराम दाहालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं