SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    ९७९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं , । आफ्नै अनुयायीलाई बला त्का रको आ रोप लागेका सिद्धबाबा धरौटीमा छुट्ने भएका छन् । अदालतले सोमवार यस्तो आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रतीको इजलासले बला त्का रको आ रोपमा प क्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । गत मंसिर १६ गते प क्राउ परेका सिद्धबाबालाई आफ्नै अनुयायी माथि ब ला त्कार गरेको लागेको छ । उनले भने आ रोप अस्वीकार गर्दै आएका छन् ।

    न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७५–७६ मा ७५ उजुरी दर्ता भएको छ । समितिमा परेका उजुरी सबैभन्दा बढी जग्गा विवादको रहेको समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताउनुभयो । उहाँका अनुसार अधिकांश उजुरी साँधसिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलान, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी पर्ने गरेको छ ।

    “सकेसम्म उजुरीहरु मेलमिलापको मध्यमबाट नै टुङ्ग्याउने गरेका छौँ, मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरेका छौँ”, उपप्रमुख राईले भन्नुभयो । उहाँका अनुसार आव २०७५÷७६ मा परेका ७६ उजुरीमध्ये ५३ मिलापत्र गरिएको छ । छ वटालाई अदालतमा सिफारिस गरिएको छ र १६ वटा फैसला भएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्ध बिच्छेद, ढल बाटो निकास, साँधसिमाना मिचेको, ठगी, लेनदेनलगायत उजुरी परेको छ ।

    आव ०७५÷७६ मा ढल, बाटो निकासका चार उजुरी दर्ता भएको छ । त्यस्तै लेनदेन, बैनासम्बन्धी सात, वातावरण ध्वनि प्रदूषसम्बन्धी चार, साँधसिमाना मिचेको सात, अन्तरकालीन आदेश एक, शान्तिसुरक्षा र ज्याला पाँच, घर पर्खाल निर्माण सम्पन्न छ, ठगीका आठ, पारिवारि तथा सम्बन्धबिच्छेदका २० र अन्य विविध आठ उजुरी दर्ता भएको छ ।

    त्यस्तै चालु आव २०७६÷७७ मा पनि उजुरी आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । चालु आवको साउनयता नगरपालिकामा ४० उजूरी दर्ता भएका छन् । दर्ता भएका धेरैजसो उजुरी घरजग्गा विवादसम्बन्धी छ । नगरपालिकामा चालु आवमा आठ घरजग्गा विवादको उजुरी, दुई सम्बन्धबिच्छेद, पाँच पारिवारिक विवाद, पाँच घरबहाल, एक शान्तिसुरक्षा ज्याला, दुई गालीगलोजसम्बन्धी र ११ विविध उजुरी लिखित रुपमा दर्ता भएको छ । समितिमा दुई कानुन व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं