SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    ११०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सबै नेपालीहरुको मनमा बसेका स्व. राजा वीरेन्द्र वीर विक्रम शाहको आज जन्मोत्सव पर्न गएको छ । उहाँको वि.सं. २००२ साल पुष १४ मा भएको थियो । उहाँ नेपालका दशौं शाहवंशीय राजा हुनुहुन्थ्यो । उहाँले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गर्नुभएको थियो । उहाँका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ हुनुहुन्थ्यो ।

    भाईहरु क्रमश धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह हुन् । तर, धिरेन्द्रको राजदरवार ह’त्याका’ण्डमा मृत्यु भयो । उहाँको प्रारम्भिक शिक्षा दरवारमा नै भयो । माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उहाँ बेलायतको इटन कलेजमा पढ्नु भएको थियो । पछि जापान तथा अमेरिकामा पनि उहाँले थप अध्ययन गर्नुभएको थियो । वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको नि’धनपछि उहाँ राजा बन्नु भएको थियो ।

    उहाँले २०४२ दक्षिण एशियाली क्षेत्रीय सहयोग स‌गठन (सार्क)को स्थापना गर्नुभएको थियो । यो बाहेक राज्याभिषेक, शान्तिक्षेत्र प्रस्ताव, जनमत स‌ग्रह गर्न पनि उहाँ सफल हुनु भएको थियो । उहाँले वि.सं. २०४६ बहुदल घोषणा, वि.सं. २०५३ गद्दी आरोहण राहत महोत्सव पनि गर्नुभएको थियो । राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।

    नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनु भएका उहाँको मृत्यु भने रह’स्यमय ढंगले एउटा कहा’लीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो । तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयु’द्धको नेतृत्वमा, माओवादी वि’द्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो । वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र ह’त्या गरिएको थियो । नारायणहिटी दरवार ह’त्याका’ण्ड अहिलेसम्म पनि कस्ले घटाएको भन्ने खुलेको छैन । विभिन्न प्रतिवेदनहरुमा छोरा दीपेन्द्रले घटाएको भनिएको छ तर यो कुरा जनताले पत्याउन भने सकिरहेका छैनन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं