SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    ८४९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । जिल्ला आयोजना कार्यन्वयन ईकाइ कास्कीको आयोजनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको चौथो पाँचौ बर्ष पुरा गरेको अवसरमा मादी गाउँपालिका याङ्जाकोटमा आयोजित एक कार्यक्रममा कास्की जिल्ला भित्र भुकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य ६५ प्रतिशत पुरा भएको जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षेत्रीले काम छिटो छरितो रूपमा सम्पन्न सम्बन्धित निकायलाई आग्रह गर्दै जिल्ला समन्वय समितीको तर्फबाट गर्नुपर्ने सहयोग आफुले गर्ने बताए ।

    जिल्ला आयोजना कार्यान्वन इकाइ कास्कीका प्रमुख इन्जिनियर नवराज शर्माले पुनः निर्माण सम्बन्धी हालसम्म भएका कार्यन्वयन कार्य प्रगति विवरण प्रस्तुत तथा आगामी दिनमा गरिने कार्यक्रमहरु कसरी लैजान सकिन्छ भन्ने बिषयमा जानकारी दिएका थिए । उनले सडक, सरकारी भवन, लाभग्राहीहरुका घरटहराहरु गरी करिब ६५ प्रतिशत कार्य सम्पन्न भएको वताएका थिए । साथै बाँकी काम असार मसान्तसम्म पुरा गर्ने पनि वताए ।मादी गाउँ पालिका अध्यक्ष बेदबहादुर गुरुङको अध्यक्षता धेरै जस्तो कार्य सम्पन्न भए पनि आगामी दिनमा तिब्र रुपमा अगाडि बढाउन वडाअध्यक्ष तथा सदस्यहरुलाई निर्देशन दिएका थिए ।

    जिल्ला आयोजना कार्यान्वन इकाइ शिक्षा का सब इन्जिनियर रबिना आचार्य, भवन इकाईका नि. कार्यलय प्रमुख उमेश चौधरीलगाएतले मादी गाउँपालिकामा शिक्षा तथा भवन तर्फको कार्यप्रगति प्रस्तुत गरेका थिए ।जिल्ला समन्वय अधिकारी नवराज बराल भुकम्पको कारण राष्ट्रिय सहमति भएको स्मरण गर्दै सबै मिलेर अधुरो कार्य गर्न अनुरोध गरेका थिए ।गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।लाभग्राहीहरुको लागि सरकारले पहिलो, दोश्रो र तेश्रो पटकको आफुले पाउनुपर्ने किस्ताबापतको रकम लिन आग्रह गर्दै पटकपटक सूचनासमेत प्रकाशन गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं