SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/७ गते
    १६१९ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-  स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ थुम बस्ने बर्ष ३३का चेत बहादुर बि.क को दुबै मृगौला फेल भएको छ।

    करिब एक बर्ष देखि गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौलाको उपचार गराउदै अाएका चेत बहादुर बि.क अहिले अार्थिक समस्यामा रहेका छन। बुबा रामन्द बि.क र अामा तिलसरी बि.कको दुई छोरा मध्ये उनी कान्छा छोरा हुन।

    बराईनमा दुई र साउदीमा पाच बर्ष काम गरि नेपाल फर्केको तीन महिनामा यो रोग देखा परेको चेत बहादुर बि.कले बताउनु भयो।

    “जिन्दगी दाउमा लगाएर मेहनत गरि काम गरे छोरा छोरिको भबिस्य राम्रो बनाउने सपना देखे तर अाज सबै सपना चकनाचुर भए मलाई यो अवस्थामा अाउदा मेरो भन्दा पनि मेरो परिवार प्रतिको चिन्ता लागेर अाउछ कमाएको धन जति मेरै उपचार गर्दा सकियो अब छोरा छोरिलाई कसरी पढाउने? अझै उपचार खर्च कति लाग्ने हो यो सानो खर्चले निको हुने बिमार होइन यत्रो धेरै पैसा म कहाँ बाट ल्याउने ? रिण माग्दा यतिको धेरै पैसा कसैले दिदैनन सहयोग माग्न लाई गाउका साथि भाइ र भाउजू हरु हिड्नु भयको छ, सहयोग थोरै थोरै भए पनि उठेको छ भन्नू भएकोछ भाउजुले यदि म सहयोग पाउदिन भने त मरितुल्य हुन्छु बि.क ले रुदै भन्नु भयो”।
    बि.क को ६ बर्षका एक छोरा, ११ र ८ बर्षकी दुई छोरी छन।

    सहयोगको नाममा हामिले बिकलाई सोध्दा उहाले भन्नू भयो साउदि बाट साथि हरुले जम्मा जम्मी दुई लाख सत्तरी हजार र कतार बाट तीस हजार पठाउनु भएको थियो त्यो पैसा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले काठमाडौ रेफर गर्दा काठमाडौ टिचिङ अस्पतालको खर्च मात्रै पूरा भयो अरु अाफन्त हरु सँग केही रिण मागेरै अौषधी उपचार गर्दै अाएको छु, गल्याङ नगरपालिकाले दुई पटक गरेर पहिलोपटक पन्ध्र हजार र दोस्रोपटक दस हजार दिएको थियो त्यो पनि अौषधीमुल मै खर्च भएको छ बि.क ले भन्नू भयो।

    बि.क लाई सहयोग गर्न चहाने व्यक्तिले मुक्तिनाथ बैक लिमिटेडमा रहेको चेत बहादुर बिक A\C.NO:- 00320100107266000001मा सहयोग गर्न सक्नु हुनेछ,त्यस्तै बि.क लाई 9846903209 रहेको मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं