
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको ? विधि/पद्धति यही हो ? ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’
सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुप¥यो। ‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय हो’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरू किन जाने ? सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ।’
त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे। ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो। यो पूर्वनिर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्। तिनमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत थिए।
विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसद्बाट स्वीकार गर्ने/नगर्ने, सीमा विवादको समाधान कसरी खोज्नेदेखि नेकपाको विधान संशोधनका विषयमा पार्टी बैठकमा चर्काचर्की परिरहेका बेला राष्ट्रपतिबाट बोलावट भएको थियो।
राष्ट्रपतिले नेकपा नेताहरूसँग गरेको लन्च मिटिङका विषयमा जिज्ञासा राख्न राष्ट्रपति कार्यालयका अधिकारीहरूलाई पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। मंसिर ४ गते नेकपा अध्यक्षद्वयको कार्यविभाजनअघि अध्यक्षद्वय केपी ओली र दाहाल बालुवाटारबाटै शीतल निवास पुगेका थिए। पार्टीमा त्यसको आलोचना हुँदै आएको छ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भण्डारीसँग शनिबार साँझ भेट गरेका छन्। स्रोतका अनुसार उक्त भेट भने ‘नियमित ब्रिफिङ’ थियो। शनिबार दिउँसै राष्ट्रपतिले नवनिर्वाचित सांसद विद्या भट्टराईलाई भेटिन्।
नेकपाले स्थायी समिति बैठक बिहान ११ बजेका लागि बोलाएको थियो। शीतल निवास पुगेका नेताहरू फर्किएपछि मात्र दाहालले स्थायी समिति सदस्यहरूले पाँच दिनमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा उठाएका प्रश्नहरूबारे जवाफ दिएको एक नेताले बताए। दाहालले स्थायी समिति सदस्यका प्रश्नको जवाफ एक/एक गरेर दिएका थिए। उनले नेपालको क्रान्ति मौलिक भएकाले नयाँ विचार विकास गरेर जानुपर्छ भन्ने ठानी पार्टी एकता भएको बताएका थिए।
‘कम्युनिस्ट आन्दोलन उचाइमा लैजान हामीले दुई पार्टी एकता गरेका हौं। हिजोको कार्यदिशा र कार्यनीति पर्याप्त छैन’, दाहाललाई उद्धृत गर्दै ती नेताले अन्नपूर्णसँग भने, ‘नयाँ ढंगले जानुपर्छ। नयाँ विचारको विकास गर्नुपर्छ र त्यसका निम्ति एकताबद्ध भएर जानुपर्छ भन्ने स्वीकार गरेर हामी यो ठाउँमा आइपुगेका हौं।’ नेपालको जनवादी क्रान्ति कम्युनिस्टको नेतृत्वमा भए पनि यसमा पुँजीपति पार्टी पनि सहभागी रहेकाले रूस र चीनको जस्तो क्रान्ति नेपालमा सम्पन्न नभएको उनको भनाइ थियो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया