SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/६ गते
    १०९० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको ? विधि/पद्धति यही हो ? ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’

    सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुप¥यो। ‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय हो’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरू किन जाने ? सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ।’

    त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे। ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो। यो पूर्वनिर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्। तिनमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत थिए।

    विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसद्बाट स्वीकार गर्ने/नगर्ने, सीमा विवादको समाधान कसरी खोज्नेदेखि नेकपाको विधान संशोधनका विषयमा पार्टी बैठकमा चर्काचर्की परिरहेका बेला राष्ट्रपतिबाट बोलावट भएको थियो।

    राष्ट्रपतिले नेकपा नेताहरूसँग गरेको लन्च मिटिङका विषयमा जिज्ञासा राख्न राष्ट्रपति कार्यालयका अधिकारीहरूलाई पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। मंसिर ४ गते नेकपा अध्यक्षद्वयको कार्यविभाजनअघि अध्यक्षद्वय केपी ओली र दाहाल बालुवाटारबाटै शीतल निवास पुगेका थिए। पार्टीमा त्यसको आलोचना हुँदै आएको छ।

    प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भण्डारीसँग शनिबार साँझ भेट गरेका छन्। स्रोतका अनुसार उक्त भेट भने ‘नियमित ब्रिफिङ’ थियो। शनिबार दिउँसै राष्ट्रपतिले नवनिर्वाचित सांसद विद्या भट्टराईलाई भेटिन्।

    नेकपाले स्थायी समिति बैठक बिहान ११ बजेका लागि बोलाएको थियो। शीतल निवास पुगेका नेताहरू फर्किएपछि मात्र दाहालले स्थायी समिति सदस्यहरूले पाँच दिनमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा उठाएका प्रश्नहरूबारे जवाफ दिएको एक नेताले बताए। दाहालले स्थायी समिति सदस्यका प्रश्नको जवाफ एक/एक गरेर दिएका थिए। उनले नेपालको क्रान्ति मौलिक भएकाले नयाँ विचार विकास गरेर जानुपर्छ भन्ने ठानी पार्टी एकता भएको बताएका थिए।

    ‘कम्युनिस्ट आन्दोलन उचाइमा लैजान हामीले दुई पार्टी एकता गरेका हौं। हिजोको कार्यदिशा र कार्यनीति पर्याप्त छैन’, दाहाललाई उद्धृत गर्दै ती नेताले अन्नपूर्णसँग भने, ‘नयाँ ढंगले जानुपर्छ। नयाँ विचारको विकास गर्नुपर्छ र त्यसका निम्ति एकताबद्ध भएर जानुपर्छ भन्ने स्वीकार गरेर हामी यो ठाउँमा आइपुगेका हौं।’ नेपालको जनवादी क्रान्ति कम्युनिस्टको नेतृत्वमा भए पनि यसमा पुँजीपति पार्टी पनि सहभागी रहेकाले रूस र चीनको जस्तो क्रान्ति नेपालमा सम्पन्न नभएको उनको भनाइ थियो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं