
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्र्रियामा यस्तो बताएका हुन् ।
कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर भएकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोर मैलो सानो रुपमा छैन, यसको विशाल रुप छ, तसर्थ व्यवस्थापन गर्न आवश्यक परिसक्यो ।’ उनले थपे, ‘फोहोर व्यवस्थापन गर्ने प्रमुख दायित्व स्थानीय,प्रदेश र केन्द्रीय सरकारको मात्र नभई स्थानीय हामी आफैको हो ।’ उनले प्लास्टिकका झोला प्रयोग गर्ने चलन पूर्ण रुपमा बन्द गर्न नागरिक आफै सचेत हुनुपर्ने मा जोड दिए । यसको प्रयोग रोक्न सबै सरोकारवाला चनाखो हुन आवश्यक रहेको उनले बताए । स्पेनको म्याड्रिड नगरपालिकाले दीर्घकालीन रुपमा फोहोर मैला व्यवस्थापन गर्न थालेको अभियान लुम्बिनी नगरपालिकाले सुरुआत
गरिसकेको उल्लेख गर्दै तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिकामा अभियान थालनी गर्न लागिएको बताए ।
अभियानकर्ता गोविन्द सुवेदीले नेपालका सबै नगरपालिकालाई एउटै हाँगामा जान सहयोग मिल्ने बताए । सुवेदीले यो अभियान यहाँ सुरु गर्दा स्पेनको म्याड्रिड सरकार आफै ंले लगानी गर्ने पनि बताए । म्याड्रिड नगरपालिकासहित यहाँका पालिकाबीचमा फोहोरमैला व्यवस्थापन, फुटबल र कृषि क्षेत्रलाई जोड्ने योजना रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, जिल्ला समन्वय समिति प्रमुख मनोहर विश्वकर्मा पौडेल,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल लगायतले अभियानको थालनी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । कार्यक्रममा जुपिटर नेपाल ओभरसिजका इन्जिनियर रमेश सुवेदी, सुरक्षा पन्तले फोहोरमैला व्यवस्थापन गर्ने सूचकका बारेका प्रशिक्षणसहित तथ्यांक प्रस्तुत गरेका थिए । उनीहरुले फोहोरमैला व्यवस्थापन नगर्दा प्रत्येक वर्ष विश्वमा २ हजार जनासम्मको मृत्यु हुने गरेको उल्लेख गरे ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सीता काफ्ले लामिछाने, सूचना अधिकारी ध्रुव पौडेल लगायतले सहजीकरण गरेका थिए । कुश्माका मेयर जोशीले कुश्मा नगरपालिकालाई नमुना सिटी बनाउन आफ्नो टिम लागिपरेको बताए । उनले केन्द्रीय सरकार स्थानीय सरकारप्रति सकारात्मक बन्न सके देशको विकास र रोजगारीको निकास हुने धारणा राखे । मेयर जोशीले इन्जिनियर सुवेदीको टिमले तयार गरेको योजनालाई केन्द्रीय सरकारले मनन् गरी देशभर योजना बनाउनुपर्ने मा जोड दिए । मेयर जोशीले कुश्मा नगरपालिकालाई नमुना सिटी बनाउने अभियानमा आफ्नो टिम रातदिन खटेको सुनाए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया