
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको भन्दै नेताहरूले नेतृत्वलाई जनताप्रति उतरदायी हुन सुझाव दिएका छन् ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति आफ्नो धारणा राख्दै नेताहरूले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेकपा स्थायी कमिटीका सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको टिप्पणी गरे । पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै भुसालले नेतृत्वलाई जनताप्रति उत्तरदायी हुन सुझाव दिए ।
‘दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दै छौं भन्ने देखिन्छ । कमरेडहरू ! खासगरी नेतृत्वका कमरेडहरू ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं !’ भुसालले पेस गरेको लिखित सुझावमा उल्लेख गरिएको छ ।
क्रान्तिसम्बन्धी सिद्धान्त र मान्यता राजतन्त्रविरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएको बताउँदै उनले त्यो क्रान्ति नै सम्पन्न भइसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि अब नेकपाले जुन नयाँ उचाइबाट विचार र संगठनलाई विकसित गर्नुपथ्र्याे त्यो हुन नसकेकाले सबै क्षेत्रमा नयाँनयाँ समस्या देखा परिरहेको बताए ।एउटा राजनीतिक पार्टीले अनगिन्ती समस्या सामना गर्नुपर्ने तर तिनको अध्ययन र समाधान भने विचार र संगठनको एउटा निश्चित ढाँचाबाट हुने गरेको बताउँदै भुसालले नेकपालाई नयाँ ढाँचामा उभ्याउन नेतृत्वले हिम्मत गर्नुपर्ने सुझाव दिए ।
‘राजनीतिक पार्टी सत्तामा पुगेपछि जनतासँग आफैंले गरेका वाचाहरूको कठिनतम परीक्षामा सामेल हुन्छन् । आज हामी त्यही परिक्षामा छौं । गएका दुई वर्ष हामी अलमलिएको जस्तो देखिएका छौं । बाँकी समयको हरेक क्षण हाम्रा लागि असाधारण महत्वका छन्,’ भुसालले आफ्नो सुझावमा उल्लेख गरेका छन् ।‘हरेक क्रान्तिको वास्तविक अनुहार क्रान्तिपछि देखिन्छ । क्रान्तिका उपलब्धिबाट बढी उत्साहित क्रान्तिकारीहरूले भविष्यका चुनौतीलाई नजरअन्दाज गर्दा र झन् ठूला कार्यभार नदेख्दा क्रान्ति ओरालो लाग्न थाल्छन् । अर्थात् क्रान्ति गर्नु महत्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्वपूर्ण छ । किनकि क्रान्तिकारी हुनुभन्दा क्रान्तिकारी भइरहनु धेरै गाह्रो हुन्छ,’ उनले भनेका छन् ।
भुसालले अघि भनेका छन्, ‘क्रान्तिबाट आएको हाम्रो पिँढीले अझ बढी त्याग गर्न आफू तयार भएको र त्यसका लागि तयार रहन आमजनतालाई आह्वान गर्नुपथ्र्याे । किनकि, त्यसले हामीलाई क्रान्तिमाथि खेलबाड हुन सक्ने खतराबाट जोगाउँछ । क्रान्तिले इतिहासका सबै गल्तीको हिसाबकिताब चुक्ता गरिहाल्दैन बरु खाता मात्रै खोल्छ ।’
गएको १० वर्षदेखि नेपाली जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षले हाम्रो आन्दोलनलाई सैद्धान्तिक रूपमा डो¥याएको बताउँदै उनले सामन्तवाद अन्त्य भएको र समाज पुँजीवादी भएको तथ्यलाई देखेको हुँदा त्यो निष्कर्षमा पुगेको बताए । तर, त्यस सैद्धान्तिक निष्कर्षको महत्वलाई राजनीति र संगठनका क्षेत्रमा स्थापित गर्न नसकेको बताउँदै उनले पूर्वनेकपा एमाले र नेकपा माओवादी मात्रै नभई आजको एकीकृत पार्टीले समेत त्यो काम जिम्मेवारीपूर्वक गर्न नसकेको टिप्पणी गरेका छन् । सिद्धान्तको सत्यतालाई सैद्धान्तिक रूपले मात्रै पुष्टि गर्ने पद्दति माक्र्सवादी पद्दति नभएको बताउँदै उनले माक्र्सवादले हरेक सैद्धान्तिक निष्कर्षको परीक्षण वास्तविक जीवनमा खोज्ने गरेको बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया