
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । समाजवादी पार्टीले भारतविरोधी एउटा कार्यक्रममा सहभागी भएको कारण देखाउँदै पार्टीकी राजनीतिक समितिका सदस्य रेखा यादवलाई कारबाही गर्ने भएको छ। यादवलाई कारबाही गर्न उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ। स्पष्टीकरणपछि यादवलाई कारबाही गरिने पार्टीका नेताहरूले जनाएका छन्।यसअघि पार्टीले स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भनी पार्टीका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ।
समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पाकिस्तानी दूतावासले गरेको कार्यक्रममा सहभागी भएको विषयमा पार्टीमा उजुरी आए पछि रेखालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताइन्। कात्तिकको दोस्रो हप्ता नेपालस्थित पाकिस्तानी दूतावासले जम्म्मु काश्मिरमाथि लगाइएको संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरोधमा गरेको कार्यक्रममा यादव अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा यादव सहभागी भएको फोटोसहित पार्टीमा उजुरी दर्ता भएको थियो। यादवले उक्त कार्यक्रममा जानुअघि पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका कुनै नेतालाई जानकारी गराएकी थिइनन् भने सहभागी भएपछि पनि उनले यसबारेमा केही बोलेकी थिइनन्।
‘पार्टीलाई कुनै जानकारी नगराई कार्यक्रममा सहभागी भएको विषयमा पार्टीले स्पष्टीकरण सोध्ने निर्णय भएको हो,’ उपाध्यक्ष रेणुले भनिन्। स्रोतका अनुसार पाकिस्तान दूतावासले गरेको उक्त कार्यक्रममा जम्म्मु काश्मिरमा भारत सरकारले गरेको निर्णयको विरोधमा सहभागीले विरोध प्रकट गरेका थिए। उक्त कार्यत्रममा सहभागी हुनु पार्टीका नीतिविपरीत भएको पार्टीका अर्का एक नेताले बताए।
यसरी समाजवादी पार्टीले अर्की नेतृ सुनिता साहलाई पनि कारबाही नै गरेको छ। उपाध्यक्ष रेणुले सुनितालाई निलम्बन गरिएको स्पष्ट्र पारिन्। केही दिन अघि ‘मानव बेचविखनमा चिनीयाँहरूको हात’ विषयमा काठमाडौंमा गरिएको गरिएको एक कार्यक्रममा सहभागी भएको विषयमा पार्टीले सुनितालाई निलम्बन गरेको हो। सुनिता समाजवादी पार्टीकी सप्तरीमा नेतृ हुन्। सुनिताले पनि पार्टीलाई जानकारी नगराई उक्त कार्यक्रममा सहभागी भएकी थिइन्।
समाजवादी पार्टीले यसअघि पार्टीका सांसद प्रदीप यादवलाई कारबाही गरेको छ। यादव अहिले पनि निलम्बनमा परेका छन। गत जेठमा इन्टरनेसनल नेटवर्क पारलियामेन्टरी अन फ्रि तिब्बत नामक संस्थाले लाटिभियामा गरेको कार्यक्रममा यादव सहभागी भएका थिए। उनलाई समाजवादी पार्टीले ६ महिनका लागि असारमा निलम्बन गरेको थियो। यादव उक्त कार्यक्रममा सासद यादवले पार्टीलाई जानकारी नगराई पुगेका थिए। यादव कार्यक्रममा सहभागी भएपछि मात्र पार्टीका नेताहरूले उक्त कार्यक्रमबारे जानकारी पाएका थिए। नेपालनको नीतिविपरीत सांसद यादव फ्रि तिब्बत कार्याक्रममा सहभागी भएका थिए। नेपालस्थित चिनियाँ दूतावासका अधिकारीको गुनासोपछि समाजवादी पार्टीले उनलाई कारबाही गरेको थियो।
स्रोतका अनुसार बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकमा रेखा र सुनितालाई कारबाही गर्ने विषयमा छलफल भएको थियो। रेखालाई स्पष्टीकरण सोध्ने र सुनितालाई निलम्बन नै गर्ने निर्णय पदाधिकारी बैठकमा गरिएको थियो। पदाधिकारी बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको परिणामबारे पनि समीक्षा भएको थियो। उपनिर्वाचनको परिणाम पार्टीको लागि सकारात्मक भएको निष्कर्ष निकालिएको उपाध्यक्ष रेणुले बताइन्। यसैगरी प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल पुनर्गठनको विषयमा पनि समिक्षा भएको थियो। संविधान संशोधनका लागि दबाब दिन तत्काल सरकार छाड्न नहुने निष्कर्ष पदाधिकारी बैठकमा गरिएको स्रोतले बतायो। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया