SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२५ गते
    १४१२ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर,कपिलवस्तु ।
    कपिलवस्तु को शिवराज नगरपालिका वडा नं.५को सभाहाल मा सोमवार का दिन आयोजित “लालटिन को उज्यालोमा” (आत्म कथा)पुस्तक समिक्षा कार्यक्रम सम्पन्न भएका थिए।

    कार्यक्रम का प्रमुख अतिथि ५नं.प्रदेश का प्रदेश.सभा सदस्य अर्जुन केसी,विशिष्ट अतिथि “लालटिनको उज्यालोमा”(आत्म कथा) पुस्तक का लेखक सरस्वती ज्ञावली,अतिथि नेकपा सचिवालय सदस्य लंक बहादूर हमाल,राष्ट्रीय जनता पार्टी का केन्द्रीय सचिव रवि दत्त मिश्रा,समाजवादी पार्टी ५नं.प्रदेश सदस्य अकरम पठान,भाषा संघ कपिलवस्तु का महासचिव जगत पौडेल,वडा नं.५का वडाध्यक्ष अर्जुन ब. पान्डे,लगायत विभिन्न संघ संस्था का.प्रमुख तथा प्रतिनिधी हरुको उपस्थिती मा लालटिनको उज्यालोमा कृति समिक्षा गरेका थिए।

    महिलाहरु समाज का एउटा खम्भा हुन समाजमा रहेको महिलाहरुको पिडा,भेदभाव हरु लाई हटाउने प्रयास को लागि र आफूले भोगेको कृति आफ्नो जीवनको भोगलाई घटना मात्र नभएर समाजका आम महिलाहरुको संग घटेको घटना को चित्रण गरि घरपरिवार को जिम्मेवारी निर्वाह गर्दै राजनितिक संघर्ष र द्वन्द काल मा महिला भएर जिम्मेवारी निर्वाह गरेको समय व घटना लाई आज को समय व समाज को परिस्थिती लाई हेर्दै “लालटिनको उज्यालोमा”नामक पुस्तक लेखेको लेखक सरस्वती ज्ञावली ले बताएका थिन्।

    ज्ञवालीले कपिलवस्तुमा रहेको मुस्लिम समुदाय का महिलाहरुको परिस्थिती शिक्षा,शिप वहाहरुको जीवन यापन गर्ने बानि मुस्लिम महिला समाज को बारेमा अध्ययन गर्ना को लागि कपिलवस्तुको कृष्णनगरमा रहेको नेपालको.सबै भन्दा पुरानो मदरसा जामिया सिराजुलवलुम अल्सल्फिया झण्डानगर,आयशा सिद्दीकिया ग्रल्स कालेज,मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगर को अवलोकन गरि अध्यनरत बिद्यार्थी हरु संग भेटघाट समेत गरिन भेटघाट को क्रममा आयशा सिद्दीकिया ग्रल्स कालेज का प्रबन्धक समीम अहमद नदवी,५नं.प्रदेश मदरसा शिक्षा समिती का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली,ग्रल्स कालेज का प्रधानाध्यापक शाहिन खान र अहले सुन्नत फैजे मुस्तफा अतिकीया का प्रधानाध्यापक ले लेखक ज्ञावली लाई दोसल्ला ओढाई सम्मानित गर्दै नेपाली अनुवादमा रहेको मुस्लिम धर्मावलम्बीहरुको पबित्र पुस्तक कुरान मजिद पनि भेट मा दिएका थिए।

    अवलोकन को क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म.हेक्वा कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही,ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल,लगायत संघ संस्था र समाज का अगुवाहरु को उपस्थिती रहेका थिए।

    लालटिनको उज्यालोमा समिक्षा कार्यक्रम का आयोजक सर्व समाज उत्थान मञ्च कृष्णनगर र सहयोग इम्बार्क इन्टरनेशनल कृष्णनगर संस्था ले गरेका थिए।

    उक्त कार्यक्रम को अध्यक्षता सर्व समाज उत्थान मंच को उपाध्यक्ष मिर्जा अरशद बेग र कार्यक्रम संचालन दलित मानव अधिकार निगरानी समिती अध्यक्ष मिना परियार ले गरेकी थिन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं