
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
निर्मल पौडेल पर्वत ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मेला तथा महोत्सवहरुले पर्यटन वर्ष मनाउनका लागि इट्टा थप्ने वताएका छन् । विहिवार पर्वतको फलेवास नगरपालिका ६ देविस्थान माझिचौरमा आयोजित वृहत फलेवास मेलाको उद्घाटन गर्दैै मन्त्री गुरुङले यस्तो वताएका हुन् । देशमा राजनैतीक क्रान्तिको अन्त्य भैसकेको भन्दै आर्थिक क्रान्तिको वाटोमा सरकार अगाडी वढिरहेको वताए ।
पर्यटनको प्रर्वद्धनवाट आर्थिक विकास सम्भव भएकोमा जोड दिँदै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको आन्तरिक पर्यटन वर्ष र नेपाल सरकारले मनाउन गईरहेको पर्यटन वर्षलाई यस्ता महोत्सवहरुले वाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि गराई आर्थिक लाभ लिन सकिने वताए । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले फलेवासमा पहिलोपटक वृहत मेलाको आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै सवैलाई मेला सफल पार्न आग्रह समेत गरे । उद्घाटन हुनुपुर्व फलेवासको मौलिक पञ्चेवाजा ¥याली र झाँकीका साथ तेक्वान्दो र कराँतेको डेमो समेत प्रदर्शन गरिएको कार्यक्रममा फलेवासका गायक तथा सर्जक कस्तुप पन्त र सरोज साजन श्रेष्ठ लाई नगद र सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी फलेवास नगरपालिकाका अध्यक्ष पिताम्बर घिमिरे, नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा, राष्ट्रिय जनमोर्चा फलेवास नगरपालिकाका संयोजक ईन्द्रकान्त भुसाल, जैमिनी नगरपालिका ५ बिनामारे बागलुङका वडाध्यक्ष गोपाल पौडेल, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, देवीस्थानका वडाध्यक्ष भोलानाथ भुषाल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय कुश्माकी राधिका दिदी र जनप्रिय प्रशासन क्याम्पस काठमाण्डौँका स्ववियू सभापति पंकज सुवेदीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । क्लबका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन कलाकार कृष्ण अखेलीले गरेका थिए भने स्वागत मन्तब्य सचिव अनुप श्रेष्ठले गरेका मेला प्रचारप्रसार संयोजक साजन परियारले जानकारी दिएका छन् ।
यहि २९ गतेसम्म आयोजना गरिएको मेलामा १ सय ५० ओटा स्टल राखिएका छन् । मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतीहरुसँगै हास्य प्रहसन पनि देखाइने भएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको छ ।
स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका सचिव अनुप श्रेष्ठले वताए। मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताउनुभयो । आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
तस्विर : साजन परियार


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया