SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१९ गते
    २२८६ &#२३४६;&#२३३५;&#२३२५;

    कमला लामिछाने पर्वत ।
    विधार्थीहरुलाई व्यावसायिक शिक्षामा दक्षता हाँसिल गराउनका लागि यहाँको एक विद्दालयले विद्दार्थीहरुलाई स्थानिय लोकल जातका सामाग्री हरुको निर्माण गर्न लगाई विधालय परिसर भित्रै नमुना हाटवजारको आयोजना गरेको छ । कुस्माको नमुना आवसिय माध्यमिक विधालयमा कक्षा ६ मा अध्ययनरत विधार्थीहरुलाई व्यवहारिक शिक्षा अन्र्तगत विषय शिक्षकले विधार्थीहरु लाई दिएको गृहकार्य अन्र्तगत दैनिक उपभोग्य वस्तुहरु अर्गानिक र जङ्क फूड मुक्त खानेकुराहरु आँफैले घरमा तयार पारी विधालयमा नमुना हाटवजारको आयोजना गरी खरिद विक्रि गरेका हुन् ।

    विधालयको कक्षा ६ मा अध्ययनरत करिव ७५ जना विधार्थीहरुको एप्पल र ओरेञ्ज गु्रपले २० वटा स्टलको निर्माण गरी प्रयोगात्मक गृहकार्य अन्र्तगत उत्पादन तथा निर्माण गरेका स्थानिय लोकल जातका तरकारीमा गुन्द्रुक,मुलाको चाना, स्कुस, खुर्सानी, भेन्टा , कोदाको पीठो,सिल्टुङ, भट्टमास , वोडी,मकै, हरियो साग,सातु, र खाजाको रुपमा घरमै वनाएको तरकारी र पुरी लगायतको कारोवार गरेका हुन् ।

    विधार्थीहरुले एक आपसमा निर्माण गरेका सामाग्रीहरु विक्री वितरण गरेका हुन् । विद्दार्थीहरुलाई आर्थिक कारोवार गर्न सक्ने क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ यसै संग सम्वन्धित ज्ञान,सिप र धारणामा परिवर्तवन गराउनुका साथै नाफा घाटाको महत्व संगै अर्गानिक खानेकुराको महत्व दिलाउनका लागि नमुना हाटवजारको आयोजनाको व्यवसायिक शिक्षाका विषय शिक्षक संञ्जय जैसीले संयोजन गर्नुभएको विधालयका शिक्षक इञ्चार्ज जलन खत्रीले जानकारी दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं