SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१७ गते
    १५२४ &#२३४६;&#२३३५;&#२३२५;

    छविलाल पाण्डे, बागलुङ । बडीगाड गाउपालिका ७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको छ । गुल्मी ईस्माबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द भट्टराईले जानकारी दिए ।

    दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यु भएको छ र ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको प्रनाउ भट्टराईले बताए । मृत्यु हुनेहरु निसीखोला गाउपालिका २ देविस्थान बायाँखोला देवाली (कुलपूजा)मनाउन आउदै गरेका यात्रुहरु परेको बुझिएको छ । जीप मध्यपहाडी लोकमार्ग देखि करिब ३ सय ५० मिटर तल बडीगाड नदीमा खसेको हो ।

    सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार, दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको पहिचान खुलेको छ। गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, ऐ.ऐ. दोवाटा वस्ने वर्ष ४० को बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगा वस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को भुमा कार्कि, बागलुङ बडिगाड ७ वस्ने वर्ष ५५ को नरमाया खत्रि, गुल्मी इश्मा ४ वस्ने वर्ष ४० को सिता कार्कि, इश्मा ४ वस्ने ६५ को झवि कार्कि, ऐ.ऐ. बस्ने वर्ष ४५ कि भुमि कार्कि, ऐ.ऐ. बस्ने वर्ष २५ को मिना वस्नेत, ऐ.ऐ. वस्ने वर्ष ६५ को धन बहादुर कार्कि को पहिचान खुलेको छ।

    घाइते हुनेहरुमा नवलपरासी वर्दघाट २ वस्ने वर्ष १८ को जीवन कार्की, गुल्मी इश्मा गापा वडा नं. ४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोहि स्थानमा वस्ने वर्ष २४ को निमा केसि रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्की रहेको प्रहरीले जनाएको छ। घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।

    गुल्मीको इश्मा दोहोली पैयापाटाबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा दिवाली पुजाको लागी हिँडेको जिप दुर्घटनामा परेको हो। मृतकहरुको घटनास्थलमै पोष्टमार्टम गर्ने तयारी भैरहेको घटनास्थलबाट सहकर्मी राजु आचार्यले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं