News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    माेदी गाउपालिकाले १६ अाै महिला स्वयम् सेबिका दिवस हाजिर जवाफ प्रतियोगिता गरेर मनायाे

    पर्वत ।। माेदी गाउँपालिकाले १६ अाै महिला स्वास्थ स्वयम् सेबिका दिवस हाजिरी जवाफ प्रतियोगिता गरेर मनाएकाे छ ।

    माेदी गाउपालिकाकाे राम्जा तिलाहार स्वास्थ्य चाैकि तिलाहारमा १६ अाै स्वास्थ स्वयम् सेबिका दिवसकाे अबसरमा अायाेजना गरिएकाे हाजिर जवाफ कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा माेदी गाउँ पालिका अध्यक्ष प्रेम पाैडेलले क्षेमता अभिबृद्वी तथा अाम सराेकारका बिषयमा थप ज्ञान हासिल गर्नकाे लागि याे कार्यक्रम अर्थपूर्ण हुने बताएका छन् ।

    हरेक समय सामाजिक काममा अाफुलाई अग्रसर गराईरहेका महिला स्वास्थ्य स्वयम् सेबिकाकाे पक्षमा गाउपालिकाले सक्ने जति काम गर्न पनि बताउनु भयाे । साथै कार्यक्रममा  बाजुङ स्वास्थ्य चाैकि प्रमुख गाेकुल अधिकारी माेदी गाउपालिका स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारी, जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल लामिछाने  माेदी गाउँ पालिका उपप्रमुख सेती महत लगायतले  बाेल्नुभएकाेे थियाे ।

    हाजिर जवाफ प्रतियाेगितामा प्रथम माेदी २ देउपुर, माेदी ४ क्याङ दितिय, माेदी १ भुकका महिला स्वयम् सेबिकाहरुकाे टिम तृतीय भएका थिए ।

    राम्जा तिलाहार स्वास्थ्य चाैकिका ईन्चार्ज बिक्रम भुवाजीकाे सञ्चालनमा भएकाे कार्यक्रमलाई स्वागत देबि लामििछाने र  अध्यक्षता वडा अध्यक्ष  बिमल लामिछाने ले गर्नुभएको थियाे ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया