News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार राजनीति

    प्रधानमन्त्री भारतले लुटेको नेपाली भूमि फिर्ताका लागि सक्रिय, माधव नेपाललाई भारत पठाउँदै

    प्रधानमन्त्री केपी ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् ।

    भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ ।

    प्रधानमन्त्री ओलीले पनि भारतबाट अतिक्रमण भएको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीय सेना हट्नुपर्ने बताउँदै आएका छन् । नेकपा स्रोतका अनुसार पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत नयाँदिल्ली पठाउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । राजधानी दैनिकबाट

    लाेक कल्याणकारी

    प्रतिक्रिया