कुश्मा, पर्वत । प्रगतिको आधार कामना सेवासंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक लि तथा कुश्मामा र्भखरमात्र संचालनमा आएको होटल माउन्टेन भ्यु विच आपसी सम्झौता भएको छ ।
शनिवार एक समारोह विच सम्झौता भएको हो । बैकका डिपोजिट एण्ड ट्रान्जेक्सन वैकिङ्गहेड सुवास भटराई को उपस्थितिमा होटल माउन्टेन भ्युको सभाहलमा होटलका संचालक ओम प्रसाद श्रेष्ठ तथा डिटिवि हेड भटराई विच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताले दुवैसस्थाको ब्यवसाय प्रवद्धनमा टेवा पुग्ने वैकका धौलागिरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले वताउनुभयो । सम्झौता अनुसार वैकका स्टाफ तथा सम्पुण ग्राहाक हरुलाई होटलको सम्पुण सेवामा १० प्रतिसत सम्म छुट हुने उल्लेख छ ।
पछिल्लो समयमा बैक ले विभिन्न ब्यावसायिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ । केहीसमय अगाडी कुश्मा शाखाले कुश्मा स्थीत शान्ति दिप हस्पीटल तथा कुश्मा हस्पीटल प्र. लि विच सम्झौता गरेको थियो ।