
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।
भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस काममा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको बताइएको छ ।
यो पनि पढ्नुहोश! ; हरेक दिन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र गण्डकी प्रदेशमा सेवा ग्राहिको भिड लाग्नु कुनै नौलो कुरा होइन । सवारी चालक अनुमती पत्र बनाउने र नविकरण गर्नेको भिडभाड निकै देखिन्छ । भिडमा रहेकामध्ये अधिकांशको हातमा कि सेतो रङको बिल थियो कि त रातो रङको ब्याङ्क भौचर। तर विडम्बना सेवालिन आउने हरेक सेवाग्राही भने आक्रोश नभएको दिनै छैन । समस्या सेवा ग्राहिको मात्र होइन समस्या कार्यालयकै कर्मचारीलाइ समेत छ । हरेक दिन सेवाग्राहीको कचकच सुनिरहन पर्छ कार्यालयका कर्मचारी । जस्ले गर्दा कर्मचारीकै मानसिकतामा समेत प्रभाव परेको देखिन्छ । सेवाग्राहीको समस्या त ज्यु का त्यु नै छ ।
कागजी सवारीचालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ बाट विस्थापन गर्ने भन्दै वि.स २०७२ मंसिर १४ गते देखि विभागले वागमती अञ्चल यातायात व्यवस्था कार्यालयबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण शुरू गरेको थियो । तत्कालीन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले विभागकै महानिर्देशक चन्द्रमान श्रेष्ठलाई पहिलो ‘स्मार्ट लाइसेन्स’ हस्तान्तरण गरेर यसको शुरूआत गर्नुभएको थियो ।
स्मार्ट लाइसेन्सको शुरुआत देखिनै सेवाग्राहीले समस्या भोग्नुपरेको छ । राजधानी बाहिरका सेवा ग्राहिले दुई वर्ष बित्दा समेत लासेन्स लिन पाएका छैनन । विभिन्न लटमा लाइसेन्स आयो भन्दै जाँदै फर्किनेको संख्या गनि साध्य छैन । यस्तै दुई वर्ष अघि लाइसेन्सको लागि पास भएका पोखराका अनिश श्रेष्ठले अहिले सम्म लाइसेन्स पाउन सक्नुभएको छैन । यति मात्र होइन उहाले बिभागए नै दिएको रातो रसिद देखाउदा समेत ट्राफिक प्रहरीओए उहाँलाई कार्वाही समेत गर्यो ।
“म सङ्ग रातो रसिद छ, स्मार्ट लाइसेन्सको लागि दिएको रसिद देखाउदा समेत कार्वाहीमा परे , यो लाइसेन्स होइन भनेर भन्छन “ उहाले सुनाउनुभयो । यस्तै रुपाकोटका सुनिल मिजारको पनि लाइसेन्स नआएको २ वर्ष वितिसक्यो । आइतबार यातायात कार्यालय आउनुभएका सन्दिपले गुनासो पोख्दै भन्नुभयो “ लाइसेन्सको लागि आउदा आउदै हैरान परियो, अब फेरि भदौमा आउ भन्छन, उता ट्राफिकले हैरान गर्छन “ । उहाँहरू त एउटा उदाहरण मात्र हुन । देशभर यहि समस्यामा परेका लाखौ सेवाग्राही छन ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र गण्डकी प्रदेशका सुचना अधिकारी भरतराज काफ्ले भन्नुहुन्छ “ समस्या सेवाग्राहीलाई मात्र छैन , कर्मचारीलाई समेत छ, माथिबाट लाइसेन्स आयो भन्छ्न तर छुटेर आउँछ अनि सेवा ग्राही समेत गुनासो गर्छ्न“ । यातायात व्यवस्था विभाग केन्द्रबाट नै लाइसेन्स आउने हुदा सम्स्या भएको बताउनुभयो । हामिले त फारम भर्ने र राजस्व लिने मात्र काम गर्छौ, सबै काम केन्द्रिय विभागलेनै गर्छ , बिभागमा सिस्टम छैन त्यसैले समस्या जटिल बनेको हो उहाँले भन्नुभयो ।
नेपालमा स्मार्ट लाइसेन्स छपाइको प्रविधी नभएको कारण भारतबाट छापिएर आउने उहाले बताउनुभयो । बिभागले विना तयारी योजना ल्याउनाले सेवाग्राही मर्कामा पर्ने गरेको बताउनुभयो । केही ट्राफिक प्रहरीले मानविय स्वभावको कारणले गर्दा रसिद हुदा हुँदै समेत कार्वाही गरेको स्विकार्दै उहाले बिभाग समस्याको समाधान तर्फ उन्मुख नभएको बताउनुभयो ।
कुनै पनि व्यक्तिको विवरण बाहिर जानू दुर्भाग्यपूर्ण हो , राज्यले आफ्नो नागरिकको विवरण राज्यबाहिर पठाउदा समेत कुनै पहल गरेको पाइदैन । विद्युतीय ’स्मार्ट लाइसेन्स’को सुरुवाती चरणबाटै विभिन्न प्राविधिक समस्याहरू देखिने गरेका छन् । एसियाली विकास ब्याङ्कको आर्थिक सहयोगमा सुरु भएको ’स्मार्ट लाइसेन्स’को छपाइमा मात्र होइन, त्यसको आवेदन दिँदा देखि नै यस्ता समस्याहरू आउने गरेका छन्


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया