SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    ९४७ &#२३४६;&#२३३५;&#२३२५;

    धरान : सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ ।भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।

    भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ ।यस काममा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको बताइएको छ ।

    काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल पुगेकी हुन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीले करिब १५ मिनेट भेट गरेकी हुन् । प्रधानमन्त्रीसँग स्वास्थ्य अवस्थाको जानकारी लिएपछि राष्ट्रपति भण्डारीले ओलीको उपचारमा संलग्न चिकित्ससँग कुराकानी गरेकी छन् ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग १५ मिनेट कुराकानी गरेपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग बुझेकी थिइन् । चिकित्सकले प्रधानमन्त्री ओलीसँग भेट गर्न पहिलो पटक धेरै समय राष्ट्रपति भण्डारीलाई दिएकी हुन् ।बोल्दा समस्या हुने भन्दै चिकित्सकले ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेतालाई छोटो समयमात्र भेट्न समय दिँदै आएका थिए । करिब ४० मिनेट अस्पतालमा बिताएकी भण्डारीले २५ मिनेटसम्म चिकित्सकसँग ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी गराएका छन् । ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ मनमोहन सेन्टर, महाराजगञ्ज आउनु भइ सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको उपचार र स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभयो’, थापाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यस्थितिमा भइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गर्नुभयो ।’ राष्ट्रपतिले प्रधानमन्त्रीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमार्फत् सल्लाहकार थापाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं