SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/९ गते
    १२६४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत,। हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले पर्वतको खौलालाकुरी जोईथुम्का देउरालिडाडाँ स्थीत राधाकुवरको घरमै पुगेर खाद्यान्न तथा नगद सहयोग गरेको हो । कलवका अध्यक्ष टंकनाथ लामीछाने सहितको टोलि उक्त स्थानमा पुगेर ६ बोरा चामल तेल तथा नगद पाँचहजार पाँच सय सहयोग हस्तान्त्रण गरेको हो ।

    लामो समयदेखी छोरी थल परेपछी कुवर परीवार विचल्लीमा परेको हो कमाईगर्ने श्रीमान को ९ वर्ष अघि मृत्यु भएपछि कुवर परिवारमाथि वज्रपात परेको राधाकुवरले वताउनुभयो । राहात टोलि घरमै पुगेको देख्दा हर्षका आशुझदै सहयोगीलाई अर्शिवाद दिनुभयो । छोरी सरस्वतीकुवर विस्तारावाट उठ्न नसकी थल परेको चार वर्षभयो यसको सेहार सुसार मैलेनै गर्दै आएकी छु कुवरले भन्नुभयो उपचार गर्दा पनि केहीपत्तो लागेन भएको खेत वेचेर उपचार गरे कमाउने मान्छे कोई छैन दैनीक ज्यालादारीले ज्यान पालेकी छु ।

    यता कलवले यस्तो नाजुक अवस्थाको वारेमा थाहापाएपछी राहातका सामाग्रए संकलन गरेको लामिछानेले वताउनुभयो । कलवका पदाधिकारी यम प्रसाद शर्मा, देवि श्रेष्ठ तथा सिसेफ महिला समुहका विजया जोशी पवित्रा श्रेष्ठ,दुर्गा शर्मा को पहलमा समाग्री संकलन गरिएको थियो ।

    राहात वितरण समारोहमा सहयोगदाता धु्र्रव पौडेल, किसोर तिमिल्सीना अजित वरुवाल,ज्योति चापागाई तथा अर्जुन गौडेलको सहभागीता रहेको थियो । सोही अवसरमा वाग्लुङ्ग निवासी रिता खड्काले रु पाँचहजारको चेक हस्तान्त्रण गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं