SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/५ गते
    १५९८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ — सरकारले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था प्रयोग गरी यात्रु ओसारे कारबाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको छ । विभागले मंगलबार टुटल र पठाओको नाम नलिई सार्वजनिक सूचना जारी गरेर राइड सेयरिङ सेवामाथि रोक लगाएको हो ।

    निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ । ‘जुन प्रयोजनका लागि दर्ता भएका छन्, त्यही प्रयोजनका लागि प्रयोग हुनुपर्छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले भने, ‘कानुन विपरीत सवारीसाधन चलाउनेलाई कारबाही हुन्छ, कानुन विरुद्ध जाने कसैलाई पनि छुट छैन ।’ कान्तिपुर दैनिकमा खबर छ

    निजी सवारी (नम्बर प्लेट) लाई सार्वजनिक सवारीका रूपमा प्रयोग गरेको जनगुनासो बढेपछि उक्त सूचना जारी गरेको उनले बताए । ‘टुटल र पठाओलाई मात्र होइन, कानुन विपरीत सञ्चालनमा आएका जुनसुकै सवारीलाई कारबाही गर्छौं,’ उनले भने, ‘विधि प्रक्रिया त मान्नु पर्‍यो नि ?’ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं