SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२९ गते
    १६५८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा नवजागृत माध्यामिक बिद्यालय तिलाहार पर्वतका १३ जना जेहेन्दार विद्यार्थिहरुलाई न्यानोकपडा झोला तथा स्टेशनरी सहयोग गरेको छ ।

    शुक्रवार एक समारोह विच विद्यार्थिहरुलाई सामाग्री हस्तान्त्रण गरिएको हो । डिमुवा शाखाका प्रवन्धक धु्रव पौडेलको अध्यक्षतामा संचालीत कार्यक्रमको प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समिती का अध्यक्ष लोकेन्द्र जंघ लामिछाने रहनुभएको थियो ।

    लामिछानेले वैक ले गरेको सहयोगको उच्च मुल्याङ्कन गर्दै यस्ता सहयोगले गरिव तथा जेहेन्दार वालवालिका हरुलाई सहज तवरले पढ्ने वातावरण वन्ने कुरामा विश्वस्त रहेको वताउनु भयो ।

    कार्यक्रममा स्वागत तथा बैकले प्रदानगर्ने सेवा सुवीधाका सम्वन्धमा बैकका धौलागीरी कलस्टर इन्चार्ज तथा कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेले जानाकारी गराउनुभएको थियो । धौलागीरी क्षेत्रमा रहेका अन्य शाखाले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्दैआएको लामीछानेले बताउनुभयो ।

    विद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद सुवेदी ले सुभकामना मन्तब्य तथा संचालन डिमुवा शाखाका कर्मचारी विशाल शर्मा ले गर्नुभएको थियो ।

    हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं