SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२८ गते
    ९६१ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    अवदेखी जिल्ला अस्पताल पर्वतमा जन्मिने वच्चाहरुले विशेष किसिमको उपचार र स्याहार पाउने अस्पताल विकास समितीका अध्यक्ष पहाडीले वताएका छन् । वुधवार अस्पताल परिसरमा भएको सहयोग सम्झौता कार्यक्रममा वच्चाको विशेष उपचार कक्ष (SNCU – Special Newborn Care Unit) स्थापनार्थ २० लाख मुल्य वरावरका सामाग्रीहरु वुझ्दै पहाडीले यस्तो वताएका हुन् ।

    लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोग र ए एन टी परियोजना मार्फत बच्चाको विशेष उपचार कक्षका लागि आवश्यक सामानहरुको संवन्धमा लायन्स क्लव अफ शिवालय र पर्वत जिल्ला अस्पताल विच सम्झौता भएको हो । सामानहरु बुझ्दै पर्वत अस्पतालका पहाडीले यी अत्याधुनिक मेशिन उपकरण जडान भएपछि अस्पतालमा जन्मिने बच्चाहरुले विशेष उपचार सेवा पाउने वातावरण बनेकोमा खुशी व्यक्त गरे ।

    कार्यक्रममा लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष डि आर शर्माले बच्चाहरुको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । पर्वतमा सामान ल्याउन विशेष पहल गर्ने लायन्स क्लव अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का को चिफ एडभाईजर बसन्त कुमार कर्माचार्यले सामानहरु उपयोग गर्दै जांदा आवश्यक अन्य सहयोग पनि गरिने र बच्चाहरुको स्वास्थ्यका लागि छिट्टै एउटा कोष स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिए । पर्वत अस्पताललाई उपचार लायक अस्पताल बनाउने हाम्रो अभियानमा यो एउटा महत्वपूर्ण कदम हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं