
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
भक्तपुर: पूर्व सचिव, राष्ट्रिय याेजना आयोगका पूर्व उपाध्यक्ष, नेपाल बैंकका पूर्व अध्यक्ष, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे संस्थापक कार्यकारी निर्देशक गाेरक्ष बहादुर न्हूछें प्रधानको सभापतित्व, वरिष्ठ चलचित्रकर्मी, गीतकार, लेखक एबं वरिष्ठ संस्कृतिविद् चेतन कार्कीको प्रमुख आतिथ्यता र बिभिन्न क्षेत्रका प्रबुद्ध ब्यक्तिहरुको बाक्लो सहभागिता सहितको करीब ६०० जनाको उपस्थितिमा बाबुकाजी कसपालको जीवनीमा आधारित पुस्तक ‘कृपा’ र उहाँको १२ बर्षे नाति अधिश्री कसपालको गीति एल्बम ‘सुवासमा अधिश्री’ बिमोचन भएको छ । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने तयारी भए तापनि अन्तिम समयमा जोशीको स्वास्थ्यको प्रतिकूलताका कारण प्रमुख आतिथ्यतामा फेर बदल गरिनुपर्ने परिस्थिति सिर्जना भएको थियो ।
प्रमुख अतिथि चेतन कार्कीले कुनै पनि देशको गौरब त्यो देशको भाषा, संस्कृति र कलाको संबृद्धिमा भर पर्ने बताउँदै भाषा, संस्कृति र कलाको भक्त भएको कारण भक्तपुरको नाम भक्तपुर रहन गएको चर्चा गर्नु भयो । लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको मन्तब्यको प्रसंग कोट्याउँदै बिदेशमा रहेर बिभिन्न देशमा वुद्ध जन्मस्थल बिषयमा गरेका उल्लेखनिय काम र हासिल गरेका उपलब्धीको प्रसंशा गर्नु भयो । आत्माकथा मसीले होइन मुटुको रगतले लेखिनुपर्ने धारणा कार्कीको थियो ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सरकारले गर्नु पर्ने काम सरकारले नगरेका कारण जनस्तरबाट गरिराख्नु परेको र राष्ट्रिय अन्तराष्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरिसकेको फेयरिस्त पेश गर्दै अभियानका तर्फबाट सरकार प्रमुख र सरकार प्रमुखको जिम्मेवारी बहन गरिसकेका ब्यक्तिहरुले आँफैले बुझेर गर्नुपर्ने कामहरुलाई गर्नका लागि घचघच्याउने र झकझक्याउने काम बेला बखत गरिराख्दा पनि त्यस्ता महत्वपूर्ण कामहरु हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
पूर्व न्यायाधिबक्ता एबं ‘काठमाण्डौं स्कूल अफ ल’ का कार्यकारी निर्देशक डा युबराज संग्रौलाले जो आफ्नो देशप्रती इमान्दार बन्न सक्तैन ऊ अरुको देशप्रति पनि इमान्दार हुन सक्तैन भन्दै बिमोचित पुस्तक ‘कृपा’ का लेखक बाबुकाजी कसपालको शरीरबाट नेपालको गन्ध आउने बताउनु भयो । ७०० बर्ष अगाडिको कला र संस्कृतिले अर्थ राख्दा दुइ-ढाइ सय बर्षको ईतिहास बोकेको राजनीतिले अर्थ राख्न नसकेको चर्चा डा संग्रौलाले गर्नु भयो ।
‘कृपा’ पुस्तकको समिक्षा गर्दै वरिष्ठ साहित्यकार, संचारकर्मी एबं चलचित्रकर्मी प्रकाश सायमीले आत्मकथा जस्ता पुस्तकहरुमा कलंकित ब्यक्तिहरुको प्रसंग उल्लेख नै नगरिएको राम्रो भन्दै पैसा दिएर लेख्न लगाएर आत्मकथा तथा अन्य साहित्य मार्फत सस्तो लोकप्रियता लिएर जनताका बीच आउनेहरु पनि भएको चर्चा गर्नु भयो ।बिमोचित गीति एल्बममा एकल रचना संग्रहित भएका वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलले जीवनप्रतिको दृष्टिकोणबारे चर्चा गर्नु भएको थियो ।मोटिभेशनल स्पिकर एबं मोर्डन स्कूल एबं कालेजका सल्लाहकार रविन कटवालले कसपल परिवार आँफैमा पुस्तक जस्तो भएको बताउनु भयो । कार्यक्रममा आकर्षक नाचका साथै बिमोचित एल्बमका अधिश्री र उन्की दिदी सर्वश्रीले गीत गाएका थिए । बिमोचित एल्बमको गीत ‘कोही हुन्छन’ गीतको द्रिस्यांशमा वरिष्ठ नायक सरोज खनालले भूमिका निर्बाह गरेका छन । एल्बमको समिक्षा वरिष्ठ संगीतकार राजु सिंले गर्नु भएको थियो ।
पत्रकार एबं साहित्यकार सुशिल चालिसेद्धारा सन्चालन गरिएको कार्यक्रममा नेपाल भाषाका द बेस्ट मोडल एबं दुई बर्षमा नै सवा दर्जनभन्दा बढी म्युजिक भिडियोमा भूमिका निर्बाह गर्ने शाेभा महर्जन, पूर्व शिक्षा निर्देशक र माेडर्न कलेजका सल्लाहकार सुन्दर कुमार शाक्य, वरिष्ठ रेडियोकर्मी धन लामा, वरिष्ठ गायक दिपक खरेल, नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ, वरिष्ठ नाट्य कलाकार हरि बहादुर थापा, वरिष्ठ तबला बाधक र संगीतकार मनराजा नकर्मी, वरिष्ठ गीतकार नारायण कुमार आचार्य, वरिष्ठ साहित्यकार र रेडियोकर्मी धुव्र मधिकर्मी, वरिष्ठ साहित्यकार मुरारी सिग्देल, महेश खड्का, हरि लम्साल, गीति एल्बमको एरेन्जरहरू श्री प्रकाश मिश्र, महाराज थापा, अजर जंगम, किशाेर थापा, चन्द्र चाैधरी, चर्चित गायक तथा संगीतकार शैलेश सिं, चर्चित बाद्यबाधक बिक्रम कार्की, सुरशाला एकेडेमीका अध्यक्ष, गायक अमृत क्षेत्री, माेडर्न स्कुलका संगीत शिक्षक गायक तथा संगीतकार, क्षितिज कुलुङ, गायक, संगीतकार तथा संगीत शिक्षक हेमजंग थामी, बिजय कायस्थ, केन्द्रीय प्याब्सनको केन्द्रीय प्राज्ञिक सल्लाहकार श्री राजकुमार महर्जन, केन्द्रीय सचिव श्री भुवनलाल श्रेष्ठ, केन्द्रीय काेषाध्यक्ष श्री गणेशबाबू पाेखरेल, केन्द्रीय सदस्य धर्मरत्न खाईतु, प्याब्सन प्रदेश ३ उपाध्यक्ष निरू ढकाल, प्रदेश ३ सदस्य बिना पाण्डे, जिल्ला प्याब्सन भक्तपुरका वरिष्ठ सल्लाहकार भक्तराज भण्डारी , प्रमुख सल्लाहकार श्रीकृष्ण केसी, जिल्ला अध्यक्ष चन्द्र अधिकारी, नगर अध्यक्ष भक्तपुर, रमेशचन्द्र श्रेष्ठ, नगर अध्यक्ष मध्यपुर थिमि निलेश आचार्य, नगर अध्यक्ष सूर्य विनायक सानुराजा कार्की, नगर अध्यक्ष चाँगु राममणी न्याैपाने, एन प्याब्सन भक्तपुर अध्यक्ष जी बी खड्का, हिसान भक्तपुरका सल्लाहकार शिवकृष्णा श्रेष्ठ, हनुमन्ते नदी सरसफाइ अभियानका अगुवा अभियन्ता तथा याेग गुरु नवराज काफ्ले, भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविण शाही, सचिव अल्वट बज्राचार्य, चर्चित धिमेबाधक इन्दिरा लाक्षिमसिउ, गायक मानसराज, राग रागिनी इन्टरटेन्मन्टका अध्यक्ष कपिल कसपाल आदिको उपस्थिति थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया