SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    ८८३ &#२३४६;&#२३३५;&#२३२५;

    प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न मान्दैनन अम्मीका श्रीमान दिल बहादुर सुनारले दुख पोखे । श्रीमतीको उपचारका लागि काठमाडौँ आएको एक वर्ष हुन थाल्यो । एक वर्षसम्म अस्पतालमा निकै खर्च भयो ।

    गाउँमा खेतिपाती गरेर जिविकोपार्जन गर्दै आएका दिलबहादुर यतिबेला श्रीमतीको उपचारका लागि राजधानीमा छन् ।उता ८२ वर्षिया बृद्ध आमाको स्याहार गर्ने कोही छैन, यता रोगी श्रीमती पनि सम्हाल्नु पर्यो ।आफुु निकै संकटबाट गुज्रिएको उनले बताए ।उता घर कसले सम्हाल्यो होला, केटा–केटीले के खाए होलान उनले पीडा सुनाए ।

    श्रीमतीको उपचारका लागि पैसा जुटाउन नसके पछि दिल बहादुरले कालीमाटी तरकारी बजारमा राती तीन वजेदेखि भारी बोकेर पैसाको जोहो गरिरहेका छन् ।भारी बाेकेको पैसाले कोठा भाडा तिर्न मात्र ठिक्क हुन्छ, उपचार के ले गर्ने ?दिल बहादुरले निधारको पसिना पुछ्दै आफ्नो बिवशता सुनाए । रोग पहिचान भए यता कम्तीमा ८ लाख रुपैँया रकम खर्च भएको उनले बताए ।अहिलेसम्म ऋणको भरमा उपचार भइरहेको छ, अब त रिण पनि कसैले दिँदैनन्, बाँकी रिन पनि कसरी तिर्ने उनले दुखेसो पोखे

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं