SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/७ गते
    १०२१ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र ,कृष्णनगर , कपिलवस्तु । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्था मा फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय कृष्णनगर को पछाडि रहेको प्रांगणमा पत्रकार, स्थानीय,नगरपालिका का प्रतिनिधि ,सुरक्षाकर्मी को उपस्थित मा नष्ट गरिएको छ।

    जस्मा पटाकाको अन्दाजी मूल्य रु एक लाख र अबैध औषधीको अन्दाजी मूल्य २ लाख रहेको छ। साथै सादा पोशाक को प्रहरी टोलीले नेपाल बाट अबैध रुपमा भारत लैजादै गरेको ६५० के.जी. मटर बरामद गरि आवश्यक कार्यवाहीका लागी भन्सार पठाएको छ। साथै तिहार र छठ लाई मध्यनजर गर्दै ट्राफिक व्यावस्थापन, चोरी नियन्त्रण गर्न सुरक्षा सतर्कता आपनाइएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ।

    समुदाय प्रहरी कार्यक्रम अन्तर्गत समाजसेवी, आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र चाडपर्व मा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं