
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु, कृष्णनगर । कपिलवस्तुको आर्थिक राजधानि कृष्णनगरमा पहिलोपटक सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शार्दुल मिडिया प्रा. ली कपिलवस्तु द्वारा शिवगढी शन्देश साप्ताहिकको प्रकाशन तथा व्यवस्थापनको जिम्मेवारी लिए पछि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । सिमा क्षेत्र भएकोले स्भावैले सिमापारको प्रभाव पर्दछ । नेपाली पत्रपत्रीका र संचारकर्मिको भन्दा सिमापारको दवदवाव रहेको कृष्णनगरमा शिवगढी शन्देशले यसरी पहिलो पटक औपचारीक कार्यक्रम गरी आफनो आगमनको जानकारी गराएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने सबै बक्ताहरुले सञ्चारक्षेत्रबाट आयोजना गरिएको यो कार्यक्रमले नयां सन्देश दिने बताउनु भएको थियो । कार्यक्रमका वोल्दै समाजवादी पार्टी कपिलवस्तुका उपाध्यक्ष राम निवास पुरीले भन्नुभयो ‘ मिडियामा आउने बिषय सत्य , निश्पक्ष हुनु पर्दछ । कसैको निहित स्वार्थका निम्ति नभै देशको पक्षमा लेख्नु पर्छ । ’ यर्थाथ लेख्न नहिच्कीचाउन आग्रह गर्दै यसका निम्ति समाजवादी पार्टीले पुर्ण रुपमा सहयोग गर्ने वताउनु भयो ।
मौलानम मक्सुद खानले महान जनयुद्धको समयमा महत्वपुर्ण भुमिका निर्वाह गरेको ऐतिहासिक क्षेत्र शिवगढी भएको वताउदै ‘अहिले जनता बिचमा असन्तुष्टी बढ्दै गएको छ । जनताले परिवर्तनको महसुश गर्न नसकिरहेका छैनन् । यस अवस्थामा पुन देशमा वास्तविक गणतन्त्र प्राप्तीको आन्दोलन शुरु हुने स्थिति देखिएको छ । साथै यसको नेतृत्व शिवगढी क्षेत्रले गर्ने निश्चित छ । शिवगढी सन्देशले साच्चिकै शिवगढीको सन्देश अथवा परिवर्तनको सन्देश देश विदेशमा पु¥याउन सक्नु पर्दछ । दुनियालाई खतरा वास्तविक गणतन्त्र चाहियो भन्ने शक्तिबाट नभै कट्टरता देखि भएको बताउनु भयो । साप्ताहिकले कृष्णनगरमा यस किसिमले औपचारिक कार्यक्रम मार्फत आफ्नो उपस्थिती जनाउनु महत्वको बिषय भएको समेत उहंँले बताउनु भयो ।
‘मेरो क्षेत्र समाज सेवा हो । सकारात्मक सोच सहित कृष्णनगरका आगमन गरेको शिवगढी सन्देशलाई स्वागत छ । यस क्षेत्रको बिकास र खबरदारीका निम्ति हातेमालो गर्न तयार छु । ’ लायन्स क्लव अफ कृष्णनगरका सिनियर डिष्ट्रीक एडभाईजर दिनेश चन्द्र गुप्तले भन्नु भयो । हिजो मात्र सिवगढी सन्देशलाई आंफुले एउटा कार्यक्रमको सुचना दिदा प्रमाणित पत्र सहितको सुचना माग गरेर आफ्नो जाने बाटो देखाई सकेको जानकारी दिदै यसले सकारात्मक सन्देश दिएको बताउनु भयो ।
शिवगढी सन्देशले आयोजना गरेको कार्यक्रम प्रसंसनीय रहेको भन्दै सरकार नेतृत्व गरिरहेको नेकपा का प्रदेश सदस्य मिर्जा अरसद वेगले कपिलवस्तुको आर्थिक राजधानी कृष्णनगरलाई प्रथामिकतामा राखेर कलम चलाउन शिवगढी सन्देश परिवारलाई आग्रह गर्दै समाचारको सत्यतामा जोड दिनु भयो । आर्थिक राजधानी भएर पनि बसपार्क लगायतको व्यबस्थापन हुन नसक्नु दुखद भएको भन्दै यस बिषयमा सबैले चासो राख्नु पर्ने वताउनु भयो । देश विकासको प्रमुख अवरोध भ्रष्ट्राचार भएको बताउदै राजनैतिक आवरणमा यस क्षेत्रमा पनि करोडौं भ्रष्टाचार भएको खुलासा गर्दै भ्रष्टाचार बिरोधी अभियानमा हमेशा मेरो साथ छ । उहांले भन्नु भयो ।
शुभकामन आदान प्रदान कार्यक्रमा बोल्दै पुर्व राज्य मन्त्री इशवर दयाल मिश्रले यो सरकारले गरेको गतिविध हेर्दा सकार बनेको दुइ वर्ष नपुग्दै कलिवस्तुका लागि सवै भन्दा एतिहासकि ढंगले बिकास भएको छ । विगत दुइ सय वर्ष बिचमा भएको बिकास जति बिकास नेकपा नेतृत्वको सरकारले अहिले दुई बर्षमा गरी रहेको छ । यो सरकारले यस जिल्लालाई समृद्ध गराउन सघाउने बताउनु भयो । विकृतिले हरेक क्षेत्रमा जरो गाडेको हुन्छ, हरेक क्षेत्रमा विकृति पाइन्छ तर राम्रा काम वढि होस, विकृति कम भयो भने कार्यमा अवरोध हुदैन ।
आधुनिकताको विकाश सगै निति नियम फेरवदल हुदा केहि राम्रा त केहि नराम्रा कुरा हुनु स्भमविकै हो । यहाका जनताले भन्सार अनलाइन हुदा केहि कठिनाइ महसुस गरेका छन । भन्सार अनलाइन प्रकृया अहिलेको निर्णय नभएर यो निर्णय विगतमा शेरवहादुर देउवा सरकारकै निर्णय भएको वताउनु भयो । यो निर्णय पहिलैको भए पनि अहिलेको सरकारले कार्यन्यमा ल्याएको वताउनु भयो । संचार क्षेत्रले सरकारका सधै नराम्रा कुराको खण्डन मात्रै होइन सरकारका राम्रा कुराहरुको पनि लेख्नु पर्ने वताउनु भयो । समाचार लेख्दा कसैको पनि दवावमा पत्रकारीतामा कलम नचलाउन संचारमाध्यमलाइ आग्रह गर्नु भयो ।
शिवगढी शन्देश साप्ताहिक कृष्णनगर व्युरोको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता बलवन्त गुप्त भोला ले गर्नु भएको थियो भने प्रमुख अतिथि पुर्व राज्य मन्त्री ईश्वर दयाल मिश्र , अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस्य मिर्जा अरसद वेग, नेकपा कृष्णनगर अध्यक्ष जावेद आलम खान, कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार पुर्व अध्यक्ष गुरु शरण सिंह सरदार, लायन्स क्लव अफ कृष्णनगरका सिनियर डिष्ट्रीक एडभाईजर दिनेश चन्द्र गुप्त, समाजवादी पार्टीका परिषद सदस्य अक्रम पठान, जिल्ला उपाध्यक्ष राम निवास पुरी लगायत कृष्णनगर नगर पालिकाका बिभिन्न वडाका अध्यक्ष , शाखा प्रमुखहरु , ईलाका प्रहरी कार्यालय कृष्णनगर र गणेशपुर साथै सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनीधी, समाजसेवी बुद्धिजीवी, ब्यापारी, पत्रकार लगायतको उल्लेखनिय उपस्थिती रहेको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया