SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१ गते
    ९४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कि जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुश जंग कार्की को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष वराल, महिला उपाध्यक्षमा शुष्मा विसि, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु वराल, सदस्यहरुमा समिर रामदास, रेजिना विसि, पवित्रा परियार, सपना सुनार र दिपेन्द्र परियार चयन भएका छन् ।

    सभाको राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले उद्घाटन गर्दै २०६१ सालमा स्थापना भएको संघ अब नेपालका ४८ जिल्ला संघ र बिदेशमा ५ वटा संघ स्थापना भइ सकेको बताए। संगीत बिकास बोर्ड गठन गर्नु पर्ने र सबै क्षेत्रका कलाकार ले रोयल्टी पाउनुपर्ने योगदानको आधारमा रोयल्टी बितरण गर्नु पर्ने बताए ।

    हामी कलाकार कसैका गहना होइन राज्यको अभिन्न अंगको रूपमा लिनु पर्ने उनले भनाइ थिए ।कार्यक्रममा पुर्व केन्द्रिय सहसचिव लोकनाथ सापकोटाले कलाकारहरुको अनुहारमा लुकेको समस्यालाई बुझेर कार्य गर्न सक्ने संगठनको आबश्यता रहेकोेले नयाँ कार्य समितिले त्यस समस्याको पहिचान गरी समाधान गर्ने बिश्वास व्यक्त गरेका थिए । उनले कलाकारलाई प्रयोग मात्रै गर्ने होइन उनीहरुको भविष्यको पनि सुनिश्चितता गर्नुपर्ने बताए ।

    सो अबसरमा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका संचालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमले संघले सबैलाई समेटेर लैजान आग्रह गर्दै संगीतकर्मीको हितमा कार्य गर्न शुभकामना व्यक्त गरेका थिए । गण्डकी प्रदेश अध्यक्ष यज्ञ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्याङ्जा जिल्ला अध्यक्ष पुर्ण वाग्ले इतिहासले स्वागत र संचालन प्रदेश सदस्य शंकर ढकालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं