SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२९ गते
    ११९४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । दुई महिना अघि बागलुङ्गमा बिहे गरेकी युवती कालीगण्डकी नदी किनारमा मृत फेला परेकी छन । बागलुङ्ग नगरपालिका वडा नं ३ मा बिहे गरेकी १८ बर्षिया बिजु जिसी मंगलबार दिउँसो कालीगण्डकी नदी किनारमा मृत फेला परेकी हुन ।

    पर्वतको बिहादी गाउँपालिका वडा नं १ बाच्छामा पर्ने कालीगण्डकी किनारमा माछा मार्न गएका स्थानियले जिसीलाई मृत अबस्थामा फेला पारेका थिए । जिसी असोज १७ गते देखि हराएकी थिइन ।

    पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ५ लेकफाँट गैरागाउँ माइती भएकी जिसीले गएको भदौ २ मा बागलुङ्ग नगरपालिकाको गुठी निवासी ३४ बर्षिय असिम खड्का संग प्रेम बिबाह भएको थियो । बिबाहपछि परिवारले अस्विकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिडेको भनेर मृतकका माइती पक्षले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय बागलुङ्गमा निवेदन दिएका थिए । उनका श्रीमानले पनि खोजी गरिदिनका लागि निबेदन दिएका थिए ।

    भागी बिबाह गरेका र केटीको उमेर समेत नपुगेका कारण बिबाह दर्ता समेत भएको छैन । माइती पक्ष भने छोरीलाई मानसिक र शारिरीक दबाब दिदै आएको हुनाले घटना घटेको दाबी गर्दै थप अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन । मृतकका सासु ससुरालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइन्छ । मृतक जिसीको शब पोष्टर्माटमका लागि पर्वत जिल्ला अस्पताल कुस्मामा राखिएको छ । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
    फाईल तस्बिर

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं