
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
नमस्ते!
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानले बिभिन्न सेलिब्रिटिहरुका बीच उहाँकै निवासको प्रांगडमा सम्मान गरेको कार्यक्रमको समाचार । सहयोगको लागि अग्रिम आभार ।
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सेलिब्रिटिहरुका बीच सम्मानित
२६ असोज २०७६, पाटन । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानले बिभिन्न सेलिब्रिटिहरुका बीच उहाँकै निवासको प्रांगडमा सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशीले पुरातात्विक प्रमाणका आधारमा वुद्धको जन्म बर्तमान नेपालको लुम्बिनीमा भएकै कारण संयुक्त राष्ट्र संघले नै लुम्बिनीको बिकासको लागि गुरु योजना तयार पारेको, राष्ट्र संघको विस्व संपदा सूचिमा लुम्बिनीलाई पारिएको र युनेस्कोकै परियोजना अन्तर्गत नै लुम्बिनीमा अत्याधुनिक बैज्ञानिक प्रबिधि प्रयोग गरेर उत्खनन र अनुसन्धान गरिएको बताउनु भयो । यसरी पुरातात्विक प्रमाणका बाबजुद बिभिन्न कारणले गर्दा विस्वका बिभिन्न ठाउँमा वुद्धको जन्मस्थलका बिषयमा भएको समस्या समाधानमा लागि परेको विस्व अभियानको उद्धेस्य प्राप्तीमा सफलता मिलोस भनी शुभ-कामना ब्यक्त गर्नु भयो ।
लुम्बिनीमा भएको पिपलको बोट अनायास काटिएको फेला परेपछि युनेस्को, इसिमोडहरु जस्ता राष्ट्र संघिय निकायहरुले विस्व संपदा सूचिमा रहेको सो पिपलको बोट कस्ले किन काटेको भन्ने कुरा खोजी गर्दा पता नलागेको र वरिष्ठ बनस्पतिबिद डा तिर्थ बहादुर श्रेष्ठको अथक प्रयाशबाट जोड्ने काम भएको बताउँदै श्रेष्ठसंग आफूले सो पिपलको बोटको कलमी गरिएका दुई हाँगा माग गरी दुई महत्वपूर्ण ठाउँमा उमार्ने गरिएकोमध्ये एउटा nativity of Buddha भएको ठाउँको पिपलको बोट भएको जानकारी दिनु भयो ।
जोशीले कार्यक्रमस्थल वरिपरि वुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको प्रमाणसंग सम्बन्धित महत्वपूर्ण जानकारीमूलक सामग्रीहरु राखिदिनु हुँदै वुद्ध सम्बन्धित सांस्कृतिक र शैक्षिक विकासमा समेत लाग्नु पर्ने सुझाब दिनु भयो ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले अभियानका शुरुवाती बर्ष २००९ देखि हालसम्म गरिएका गतिबिधी र उपलब्धीका फेयरिस्त पेश गर्दै शुरुका तीन-चार बर्ष महत्वपूर्ण उपल्ब्धी हासिल भएको र इन्टरनेटमा अभियानका गतिबिधिमा क्रान्ति जस्तै आएको, तर समस्याको जरो बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएको र यस्को समाधान नेपाल सरकार मार्फत नै गरिनु उपयुक्त हुने भएकोले नेपाल सरकारलाई काम गर्न सहज वातावरण तयार गरिदिने अभिप्रायले अभियानले कुटनीतिक कार्यशैली अपनाएको जानकारी दिनु भयो ।
श्रेष्ठले ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले आफूसंगको भेटघाटका क्रममा सत्य मोहन जोशीका लागि महानगरपालिकाले बर्षैभरी बिभिन्न कार्यक्रम आयोजना गरेकोमा अभियानले यसरी सम्मान कार्यक्रम आयोजना गरेको बेलामा आफू बिदेश हुन परेको कारण उपस्थित हुन नसके तापनि कार्यक्रमको सफलताको लागि शुभेच्छा ब्यक्त गरेको जानकारी दिंदै जोशीको नाममा २,५००; १,००० र १०० मूल्यका सिक्का प्रचलनमा ल्याउन महानगरपालिका मार्फत उहाँले खेलेको महत्वपूर्ण भूमिकाको प्रसंशा गर्नु भयो । पहिला पहिला राजा महाराजाको नाममा मात्रै हुलाक टिकट प्रकाशनमा ल्याउने प्रचलन भएकोमा हाल सत्य मोहन जोशी जस्तो महान ब्यक्तिको नाममा समेत हुलाक टिकट प्रकाशनमा ल्याउने प्रयास महानगरपालिकाले गरिराखेकोमा मन्त्रिपरिषदको निर्णय मार्फत सो उद्धेस्य प्राप्ती कार्यमा छिट्टै सफलता मिलोस भनी शुभेच्छा ब्यक्त गर्नु भयो ।
गोर्खापत्रका पूर्व संपादक, लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार एबं लुम्बिनी-कपिलवस्तु विस्व अभियानका नेपाल संयोजक केदार शाक्यले सत्य मोहन जोशीका जीवनका महत्वपूर्ण जानकारीहरुको फेयरिस्त पेश गर्दै लुम्बिनीलाई पर्यटकस्थल नभएर तिर्थस्थलका रुपमा बिकास गरिनु पर्ने र सत्य मोहन जोशीलाई सम्मान गर्न पाउँदा अभियान आँफै सम्मानित भएको धारणा ब्यक्त गर्नु भयो ।
राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा उपस्थित सबैलाई सत्य मोहन जोशीद्धारा दसैंंको टीका प्रदान गरिएपछि नरेश मानन्धरद्धारा जोशीलाई वुद्धको शान्ति सन्देशको प्रतिकको रुपमा शान्ति दीप प्रदान गर्नु भएको थियो ।
भक्तपुर सांगितिक समाजद्धारा सत्य मोहन जोशीकै बारेमा तयार पारिएको गीत गाइएको उक्त कार्यक्रममा सत्य मोहन जोशीलाई सम्मान गरिएपछि कार्यक्रमको पहिलो सत्र समापन गरिएको थियो ।
सत्य मोहन जोशीको प्रमुख आतिथ्यतामा सन्चालन गरिएको कार्यक्रमको दोश्रो सत्रमा जापानको कामिआमाकुसा शहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहराको चट्टानमा २०० बर्षमा सबैभन्दा ठुलो बुद्धको मूर्ति हुने र सो परियोजना सम्पन्न भएपस्चात जापान सरकारले युनेस्कोको विस्व संपदा सूचिमा समाबेश गर्नका लागि प्रकृया अगाडि बढाउने लक्षलाई सफलिभूत तुल्याउने काममा लागेका “आधुनिक अरनिको” नाम समेत दिने गरिएका ४ जना नेपालीहरु मन्जुल बरैली, गणेश कुमार राई, सानु भाई विस्वकर्मा र रामचन्द्र पण्डित; वुद्ध नेपालमा नै जन्मनु भएको सन्देश सहित सगरमाथा सफल आरोहण गर्ने छोकी शेर्पा, विस्व साइकल यात्री एबं सगरमाथा आरोही पुस्कर शाह र १२६ घण्टा लगातार नाचेर गिनिज बुकमा नाम लेखाउन सफल बन्दना नेपाललाई अभियानको दूतको रुपमा नियुक्त गर्दै सम्मान गरिएको थियो ।
साहित्यकार, पत्रकार एबं समाजसेवी सुशिल चालिसेद्धारा सन्चालन गरिएको कार्यक्रममा खानपानको ब्यबस्था गर्ने गोकर्णेस्वर नगरपालिका वडा नम्बर ४, सत्य मोहन जोशीको बारेमा गीत तयार गरेर गाउने भक्तपुर सांगितिक समाजका टिम, बिशेष योगदान दिने सुशिल चालिसे लगायत कार्यक्रम सफल तुल्याउन योगदान दिने सबैलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा चर्चित दोहोरी गायिका मिना लामा, नेपाल भाषाको Best Model Female एबं Music Video Award 2018 का बिजेता शोभा महर्जन, थुप्रै अन्तरराष्ट्रिय पदक बिजेता ताइकान्दो खेलाडी रन्जना चौधरी, पूर्बीय दर्शन लोप हुन नदिएर यस्को संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने मान्यताका साथ कृयाशिल प्रिन्स मुकु, वरिष्ठ लिरिक्स सुबाश चन्द्र ढुङेल, अभियानको नेपाल सल्लाहकार एबं समाजसेवी गुह्यरत्न शाक्य, अभियानका शिक्षक दूत श्रीकुमार श्रेष्ठ, चर्चित गायकद्धय कपिल कस्पल एबं मानस राज, स्वतन्त्र लेखक एबं साहित्यकार मुरारी सिग्देल, हिसान (हाइयर सेकेन्डरी स्कूल अफ नेपाल भक्तपुर) का अध्यक्ष अनिल कस्पल, सोलु जिल्लाका ब्याडमिण्टन एसोशियसनका अध्यक्ष एबं Annapurna corporate championship एबं Inter rotary championship राज कुमार गुरुङ, भक्तपुर सांगितिक समाजका अध्यक्ष र सचिब क्रमश: प्रबिण शाही र अलबर्ट बज्रचार्य आदिको उपस्थिति थियो भने बोधी टिभिको तीन जनाको प्राबिधिक टिम कृयाशिल थियो ।
कार्यक्रमकै लागि दोलखादेखि आउनुभएका विस्व साइकल यात्री एबं सगरमाथा आरोही पुस्कर शाह बिशेष कारणबश समयमा आउन सक्नु नभएकोले उहाँलाई कार्यक्रमपछि छुट्टै सम्मान गरिएको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया