SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१८ गते
    ९६५ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा शुक्रवारसम्म ३२ लाख रुपैयाँ बढी संकलन भएको छ ।

    महायज्ञमा शुक्रवार मात्रै रु.११ लाख २८ हजार १ सय ६२ दान संकलन भएको हो । दशैंको मुख्य दिन टीका नजिकिदै गर्दा यज्ञमा भक्तजनको सहभागिता पनि बढ्दै गएको छ ।विभिन्न शिलशिलामा लुम्ले बाहिर रहेका अधिकाशं स्थानीयहरु घर फर्कन थालेसँगै सहभागिता बढेको हो।त्यसका साथै पोखरा महानगरपालिकाका विभिन्न वडा, ढिकुरपोखरी, सल्यान, दाङसिङ लगायतका स्थानबाट समेत मानिसहरु यज्ञ स्थल पुगेका छन् ।

    यज्ञमा हालसम्मकै सबैभन्दा धेरै यज्ञका सहसंरक्षक तथा वडाध्यक्ष चित्रबहादुर गुरुङको परिवारले संयुक्त रुपमा रु.३ लाख १८ हजार ७ सय ५७ दान गरेका छन् । यहि १९ गतेसम्म चल्ने यज्ञमा कथा शिरोमणी दीपकप्रसाद पौडेलले भावगत वाचन गरिरहेका छन् ।रु.५० लाख अर्थ संकलन गर्ने लक्ष्य राखिएको छ ।

    शुक्रवार यज्ञलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले मन्दिर पुर्नःनिर्माणका लागि गाउँपालिकाबाट रु. ४ लाख सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।उनले लुम्लेलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने खाँचो पनि औँल्याए ।नारी सवल भए मात्रै समाज सुसंस्कृत हुने भन्दै अध्यक्ष कुँवरले नारीको महिमा दिनप्रतिदिन बढ्दै गएको पनि बताए ।

    यज्ञमा शुक्रवार मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटा, सह–संरक्षक वडाध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव दिनेशकुमार जिसी, सिद्घ आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद देवकोटा, प्रथम उपाध्यक्ष एकदेव देवकोटा, दाता पहिचान उपसमितिका संयोजक लक्ष्मण देवकोटा लगायतले पनि भनाई राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं