SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१५ गते
    १५३९ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र/ कृष्णनगर कपिलवस्तु
    मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले सचेतना मुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएको छ ।आफन्त नेपालले सिमा नाकामा रहि बिहान देखि बेलुका सम्म सिमा निगरानी गर्दै आएको छ र सयौ चेलिहरु उद्धार र पुनर्स्थापना गर्दै आएको छ ।कपिलवस्तु मा बिगत 2064 साल देखि मानब बेचबिखन बिरुद्ध काम गर्दै आएको यो सस्थाले उल्लेखनिय काम गरेको देखिन्छ । कयौ बेचबिखनको जोखिममा परेका चेलिहरुलाई सम्मानपूर्ण रुपमा उद्धार गरि उनिहरुको जिबनयापनमा सहज गराउन आफ्नो पुनर्स्थापना गृहको संरक्षणमा राखी उनिहरुलाई आत्मा निर्भर बनाउदै आएको छ ।

    कयौ लथालिङ्ग घर परिवारमा मिलन बनाउन सफल भएको छ त धेरैको आँसु पुछ्न समेत सफल भएको छ । आफन्त नेपाल कपिलवस्तुको काम अत्यान्त सराहनिय रहेको छ यसले समुदायमा समेत सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ कपिलवस्तुको बुद्धभुमी न.पा टिक्करमा सहकारी गठनमा समेत सहयोग गरि मानव बेचबिखन र लैङ्गिक हिंसा बिरुद्ध एकजुट बनाउदै आएको छ।

    मानव बेचबिखनबिरुद्धको अभियानमा पुर्याउदै आएको योगदान र गरेको कामको उच्च मुल्यांकन गर्नै पर्छ जसको फलस्वरूप केही दिन अगाडी मात्र नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय बाट उत्कृष्ट संस्थामा सम्मान पाईसकेको छ भने स्थानीय सरकारबाट पनि विभिन्न शाखाहरु पनि सम्मानित भैरहेको छ ।मानव बेचबिखनको यो अभियानमा नेपालमा मात्र नभई भारतीय एस.एस.बि हरुलाई समेत मानव बेचबिखन नियन्त्रणमा सहयोग तथा सिमामा हुने गतिविधिहरुमा निगरानी बढाई यस अभियानलाई सहयोग पुर्याउन का लागि आह्वान गर्दै आएको छ ।

    यसै अभियानमा मानव बेचबिखन को पछिल्लो अबस्था र बोर्डरमा एस.एस.बि को भुमिका बारे सचेतनामुलक कार्यक्रममा सहभागी भै आफन्त नेपालले प्रशिक्षण समेत दिएको छ । कपिलवस्तुमा बिगत 3 बर्ष कार्यलाई हेर्ने हो भने उल्लेखनिय भुमिका खेलेको छ ,दर्जनौं दोषीहरु कानुनी कठघरामा उभिएका छन। यस अभियानमा पाएका सफलताहरु पछाडी सहयोग गर्ने स्थानीय सरकार ,स्थानीय प्रसासन र मिडियाहरुको अत्यन्त सहयोगका कारण मानव बेचबिखन न्यूनीकरणमा केही सफलता पाउन सकेको आफन्त नेपालका जिल्ला सयोजक केसर बिशकर्माले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं