SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१४ गते
    ९८५ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ ।

    यज्ञमा आइतवारको तुलनामा सोमवार भक्तजनको बाक्लो उपस्थिती देखिन्थ्यो ।हालसम्म करिव २ हजारले यज्ञमा सहभागिता जनाएको यज्ञका सहसंरक्षक समेत रहेका वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।यज्ञमा लुम्लेका साथै ढिकुरपोखरी, सल्यान तथा दाङसिङवासीले पनि सहभागिता जनाउन थालेका छन्।

    यज्ञ अन्र्तगत सोमवार सवैभन्दा धेरै लुम्लेका कृष्णबहादुर गुरुङको परिवारले रु.५० हजार पचास दान गरेको छ ।त्यस्तै लुम्लेकै ओमप्रसाद देवकोटाबाट रु.२२ हजार दुई सय २५, नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति आइवहादुर गुरुङ र अन्नपूर्ण ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर)बाट समान रु.१५ हजार १ सय लगायत अन्य थुपै दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ।

    सोमवार यज्ञमा काँग्रेसका नेता शुक्रराज शर्मा तथा कास्की काँग्रेसका कार्यवहाक सभापति आइबहादुर गुरुङले सम्बोधन गरेका थिए ।उनीहरुले पश्चिमी संस्कृतिको जगजगी रहेको वर्तमान अवस्थामा लुम्लेमा यज्ञको माध्ययम मार्फत महत्वपूर्ण कार्य भएको भनाई राखे । यज्ञमा कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले कथा प्रवचन गरिरहेका छन् ।यज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं