SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१४ गते
    १२९६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ ।

    साेमबार पोखरा महानगरपालिका वडानं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको १८औं बार्षिक साधारण सभामा सम्बोधन गर्दे कोइरालाले सो कुरा बताउनुभएको हो ।

    उहाँले बचत तथा ऋणको मात्रै कारोबार गरेर समृद्धि नआउने भन्दै सहकारीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । कोइरालाले सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको हो ।

    आफनै खेत बारीमा उत्पादन हुने कृषि उपज पनि बारी बाट नभई पारी बाट ल्याउनु परेको भन्दै कोइरालाले उत्पादन हुने चिज किनेर भन्दा पनि उत्पादन गरेर खानु पर्ने बताउनुभयो ।

    कोइरालाले गुणस्तरीय विउ मलको ब्यबस्था राज्यले गर्नु पर्ने भन्दै किसान लाई उत्पादनको आधारमा अनुदान दिन सके उत्पादनमा बृद्धि हुने बताउनुभयो ।श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारीले उदारणीय कार्य गरेको बताउनुभयो । यसै विच सहकारीले आज उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि सभापति कोइरालाले पशुपालन तर्फ बोधराज दवाडी,सुर्य प्रसाद अधिकारी र तरकारी तर्फ ज्योति बस्नेत, नारायण पौडेल र राधा कुमाललाई सम्मान गर्नुभएको हो । कार्यक्रम सहकारीका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं