News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    गन्तव्यमा संगसँगै पुगौँला भन्थ्यौ हिजो, आखिरीमा आज किन वाटो वदली ग¥यौ : एन.पि. घायल

    गजल
    ग¥यौ प्रेमको लिलामी संगै दिपावली ग¥यौ
    मेरा आँखै अगाडी क्यारी झल्झली ग¥यौ।।

    माया अनि मुटुको विनिमय गरी वजारमा।
    साथ दिनेले धोका दियौ र पगली ग¥यौ।।

    पटक पटक खेल्यौ पिरती भन्दै मुटुसंग।
    हार्छौ थाह थ्यो हारेपछी धाँधली ग¥यौ।।

    गन्तव्यमा संगसँगै पुगौँला भन्थ्यौ हिजो।
    आखिरीमा आज किन वाटो वदली ग¥यौ।।

    प्रेमको वदलामा धोका दिने धोकेवाजले।
    वाचाकसम अधुरा र छि नक्कली ग¥यौ।।
    एन.पि. घायल कुस्मा पर्वत

    लाेक कल्याणकारी

    प्रतिक्रिया