SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१३ गते
    २३५६ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत
    सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित फोर स्टार गु्रप पाङराङले मौलिक लोक संस्कृतिको उत्थान गर्ने लक्ष्यका साथ मोदी वाजा समुह लाई नौमती वाजा प्रदान गरेको छ । आईतवार फलेवास नगरपालिका ११ मा एक औपचारिक कार्यक्रमको आयोजना गरी घटस्थापनाको दिन पारेर नौमती प्रदान गरिएको हो ।

    कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा फ.न.पा. ११ पाङराङका वार्ड अध्यक्ष जितवहादुर सुनार शेर वहादुरले प्रदेशमा रहेर पनि आफ्नो गाउँगाउँको सामाजिक विकास र कार्य गर्ने उद्देश्यले स्थापित ग्रुपले मौलिक कला तथा संस्कृती लाई उजागर तथा प्रत्सोहान गर्ने भन्दै गाउँको मोदी वाजा समुह लाई नौमती प्रदान गर्नु मातृभुभि प्रतिको दायित्व संगै युवाहरुमा गाउठाउँको अथाह प्रेम भएको वताए ।

    शेरवहादुरले ग्रुपले गरेको कार्य निकै सह्रानिय भएको भन्दै प्रवासी युवाहरु लाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । यस्तै उनले यस कार्यले मौलिक कला तथा संस्कृतीको उत्थान हुने भन्दै आफ्नो वार्डमा तत्काल प्रयाप्त रकम नभएपनी ग्रुप लगायत मोदी वाजा समुहलाई आँफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाएर गरे ।

    कार्यक्रममा गु्रपका संयोजक राजुजङ्ग कुवँरले प्रदेशमा रहेर पनि आफ्नो गाउँठाउँको सामाजिक कार्य संगै संस्कार संस्कृतीको विकास र उत्थानमा हरपल आफ्नो ग्रुप लागिपर्नेमा वताए । प्रवासमा रहेपनी हरपल घरदेश र गाउँठाउँमै मन हुने भएकोले हामी स्थानिय १५ जना युवाहरुले वाध्यता र विवशताले प्रदेशिए पनि आफ्नो मातृभुभिको विकास र परिवर्तनका लागि केही गर्नुपर्छ भन्ने मनशायले पहिलो चरणमा नौमती हस्तान्त्रण गरिएको स्पष्ट पारे ।

    कुवँरले समाज परिवर्तनमा युवाहरुको नेत्तृत्व आवश्यक रहनुपर्ने वताउँदै युवा पुस्ताहरु लाई स्थानिय सरकारले गाउँमै रोजगारीको व्यवस्था गरिदिए विदेशीनु वाध्यताको अन्त्य हुनेमा जोड दिएका थिए । कार्यक्रममा सिद्द माबी का ब्याबस्थापन अध्यक्ष खिल प्र पाठक नेपाल शिक्षक संघ पर्बतका पुर्ब उपाअध्यक्ष कृष्णा पाठक नेपाली काङ्ग्रेस जिल्ला सदस्य मान वहादुर भुषाल ने क पा वडा कमिटी अध्यक्ष तुलसी कुवर नेपाली काङ्ग्रेस जिल्ला सदस्य वडा सदस्य माया पाठक नेपाल तरुण दल फलेबास न पा उपाध्यक्ष वडा सदस्य टेक ब पाठक लगायतले वोलेका थिए । फोर स्टार ग्रुपका कार्यकारी सदस्य आत्माराम पाठकको अध्यक्षता वार्ड अध्यक्ष जित वहादुर सुनार शेर वहादुरको प्रमुख आतिथ्यता ग्रुपका सदस्य राजु उप्रेतीको शुभकामना मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन ग्रुपका सल्लाहकार सन्तोष पाठकले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं