
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
जीवन सुवेदी, पोखरा ।
गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै आईरहेका स्थानीय समुदाय, संघ संस्थाका प्रतिनिधिहरुले पत्रकारहरुको रोहवरमा बाटो खुलाएका हुन । उनीहरुले बाटो बन्द गर्न प्रयोग गरिएको पर्खाल भत्काउनका साथै बाटो प्रवेशमा लगाईएको फलामको गेटमा लगाईएको ताला समेत फुटाई गेट नै हटाईदिएका छन् ।
उक्त जग्गा नेपाल स्वाभिमान प्रालि, अनिता सिंह र कुशल बरालले मनकामना केबल कार प्रालिका कृष्ण कुमार श्रेष्ठ संग खरिद गरेका हुन् । खरिद गरिएको जग्गा भारतीय आर्यूवेदिक कम्पनी पतञ्जलीले प्रयोग गर्ने बताईएको छ ।
बाटो खुलाउनुअघि बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा कास्की जिल्ला कमिटि सदस्य एवं साविक निर्मलपोखरी गाविसका पूर्व अध्यक्ष कमलमोहन पौडेलले भू माफियाहरुले जग्गा हडप्ने मनसायका साथ बाटो रोकेको बताए । “घाटमा जाने बाटो समेत रोकेर जनतालाई दुख दिने काम कुनै हालतमा गर्न पाईन्न” उनले भने । बाटोकै कारण उक्त स्थानमा सामाजिक संघ संस्थाहरु स्थापना भएको जानकारी दिँदै उनले बाटो बन्द हुँदा संघ संस्थालाई मात्र नभई ४६ घरधुरीका बासिन्दाले निकास पाउन नसकेको बताए । “बाटोमा कसैको व्यक्तिगत जग्गा पर्छ भने त्यसका अरु विधि र प्रकृया छन्, ती प्रकृयातिर जानुपर्छ तर बर्षौदेखि जनताले प्रयोग गरेको बाटो रोक्न पाईँदैन” पौडेलले भने । यहाँ ठूलो चलखेल भईरहेको हुनसक्ने उनले आशंका व्यक्त गरे । उक्त बाटोको लगत कट्टा नभएको भन्दै पौडेलले लगत कट्टा नभएकै भनेर बाटो रोक्न नमिल्ने उनको तर्क छ ।
बाटोको विषयमा छलफलका लागि आफूहरु पोखरा महानगरपालिकाको न्यायिक समिति सम्म पुगेपनि दोश्रो पक्ष अनुपस्थित भएको भन्दै निर्णय हुन नसकेको स्थानीय द्वार टोल विकास संस्थाका अध्यक्ष बोधराज आचार्यले बताए । नगरपालिकाले समेत आफूहरुको माग सुनुवाई गर्न आनाकानी गरेपछि एकतर्फी रुपमा बाटो खुलाउने निर्णय गरिएको उनको भनाई छ । उक्त बाटोको दायाँ र बायाँ गरेर करिब ४३ रोपनी जग्गा हडप्ने मनसायले बाटो बन्द गराईएको स्थानीयहरुको भनाई छ ।
बाटोको उत्तरपट्टी १६ रोपनी र दक्षिणतिर २५ रोपनी सार्वजनिक जग्गा रहेको भन्दै सोहि जग्गा हडप्न बाटो रोकेको स्थानीय एवं साना हातहरु नामक सामाजिक संस्थाका शाखा प्रमुख कृष्ण बलम्पाकी मगरले बताए । बाटो बन्द हुँदा उक्त बालगृहमा रहेका २५० जना बालबालिकालाई विद्यालय जान आउन समेत निकै कठिनाई भएको उनको गुनासो थियो ।
तत्कालिन जिल्ला विकास समिति, गाउँविकास समिति, स्थानीय जनचेतन माध्यमिक विद्यालय र जग्गा दाताहरुको संयुक्त पहलमा २०५४ देखि उक्त बाटो सञ्चालनमा रहेको र स्थानीयले घाटसम्म शब लिएर जाने काममा समेत प्रयोग हुँदै आएको स्थानीय चक्रपाणी आचार्यले बताए । बाटो बन्द हुँदा घाटसम्म शब समेत पुर्याउन कठिन भएको उनको भनाई थियो ।
साथै सोही ठाउँमा मानव बेचविखन विरुद्धमा क्रियाशिल संस्था थ्रि एञ्जल्स नेपालले पनि विद्यालय, बालगृह तथा सुरक्षित आवासगृह प्रयोजनको निमित्त खरिद गरेको जग्गा समेत रहेको छ ।
कार्यक्रममा थ्रि एञ्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतम, संस्थाका प्रमुख कार्यकारी निर्देशक डा. राजेन्द्र गौतम, परियोजना तथा कार्यक्रम निर्देशक डा. मदन थापा, शैक्षिक विभाग प्रमुख रमेश पाण्डे, मानव संसधन विभाग म्यानेजर किसान बहादुर गुरुङ, मिडिया एण्ड मार्केटिङ डाईरेक्टर गणेश कुमार श्रेष्ठ, दोविल्ला घाट विकास समितिका भरत रायमाझी, अबरुद्ध बाटो खुलाउ संघर्ष समितिका ध्रुव रायमाझी लगायतले बाटोका कारण भोग्नुपरेका समस्याबारे पत्रकारहरुसमक्ष गुनासो गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया