
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखराका प्याराग्लाइडिङ्ग पाइलट तथा शिक्षाप्रेमीहरुद्धारा सामाजिक कार्य गर्न स्थापित कर्मफ्लाइटस् फाउन्डेशन नेपालको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले आगामी २ वर्षको लागि भुपालसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
फाण्डेशनको उपाध्यक्षमा लक्ष्मणबहादुर थापा, कोषाध्याक्षमा रेनुका कार्की, सचिवमा प्रेमबहादुर कुँवर सहसचिवमा कुलप्रसाद अधिकारी र सदस्यहरुमा शर्मिलाशर्मा, कृष्णप्रसाद पाण्डे, अप्सरा के.सी, लालमाया कुँवर, असिम पौडेल, शिव थापा (श्री) चयन भएका छन् भने सोही साधारण सभाले डा. मोहन वि.क., झमबहादुर कुँवर र निर्वाण मोक्तानलाई मानार्थ सदस्यता प्रदान गरेको छ । त्यसैगरी सल्लाहकारमा शालिकराम अधिकारी, शिवलाल धिताल र आदित्य चन्दलाई मनोनयन गरिएको छ
बंगलादीस्थित शिवमणि मन्दिरको परिसरमा सम्पन्न उतm कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि पो.म.न.पा–६ का वडा अध्यक्ष जगतबहादुर पहारीले वडा नं ६ कै बंगलादीमा मुख्य कार्यालय रहेको यो संस्थाको नाम कम सुनिएको भएपनि यस संस्थाले पोखरा मात्र नभएर गण्डकी प्रदेश तथा प्रदेश नं ५ सम्म पुगेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा सह्रानिय काम गरेको बताउँदै सरकारले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरेको आफूले पाएको बताए ।
उनले कर्मफ्लाइटस्को आफन्तजन छात्रवृत्ति प्राप्तगरि ताल बाराही माविमा कक्षा १२ मा अध्ययन गर्ने जस्मिन श्रीपालीलाई तिन हजार छ सय नगद छात्रवृत्ति प्रदान गरेका थिए भने सोही अवसरमाकर्मफ्लाइटस्को विद्यालय दिवा खाजामा सहयोग गदै आएका पाइलट शिव थापा (श्री) र सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न अठारौं एसियन गेम्स’ मा नेपाली पाइलट टोलीको तर्फबाट नेपाललाई रजत पदक (सिल्भर मेडेल) दिलाउने महत्वपूर्ण खेलाडी युकेश गुरुङ्गलाई सम्मान गरेका थिए ।
कर्मफ्लाइटस्को कार्यक्षेत्र भित्रका विद्यालयका प्रअहरु, सहकर्मी संस्थाका प्रमुखएवं प्रतिनिधी, स्थानिय बंगलादी तथा सेदी टोल अन्तगर्तका संघसंस्थाका प्रतिनिधी एवं प्याराग्लाइडिङ्ग पाइलट समुदायको सहभागिता रहेको उतm कार्यक्रममा आगामी ३ वर्ष सम्म शिक्षक तालिमको क्षेत्रमा सहकार्य गर्ने गरि कर्मफ्लाइटस् संस्था, राष्ट्रिय शिक्षक शीप विकास (एन्फोस्र्ड) फाउन्डेशन कास्की र शिव शक्तिm क्याम्पस पोखरा–११, फूलबारी बिच समझदारी पत्र (एमओयु) मा संवन्धित संस्थाका प्रमुखहरुद्धारा हस्ताक्षर समेत भएको संस्थाका सचिव एंव कार्यक्रम सञ्चालक लक्ष्मण बहादुर थापाले बताए ।
संस्थाका अध्यक्ष प्रेमबहादुर कुँवरले गत आवमा संस्थाले आफन्तजन छात्रवृत्ति अन्तर्गत रुकुम (पूर्व) को मैकोट बाग्लुङ्गको अर्नाकोट, कास्की, गोरखा र स्याङ्जाको गलेममा ४ सय जना गरिब, जेहेन्दर एवं अनाथ बालबालिकालाई छात्रवृत्ति साथै प्याराग्लाइडिङ साइट नजिकै रहेका १० वटा सामुदायिक आधारभुत विद्यालयहरुमा अध्ययनरत ५०० बालबालिकाहरुलाई दिवा खाजा प्रदान, बाग्लुङको अर्नाकोटमा स्थानिय निसी खोला गा.पा. को सहकार्यमा ६ कोठे पक्की भवन निर्माण पोखरा–१९ अवस्थित पिपलडाली आधारभुत विद्यालयमा भवन निर्माणमा सहकार्य गोरखाका बारपाक सुलिकोट गाँउपालिका–३ को उलाजुङ आधारभुत विमा भवन निर्माण एवं घेराबार सहयोग गरिएको जनाइएको छ ।
त्यस्तै संस्थाले स्वाथ्य शिक्षा परियोजना अन्तर्गत एक सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण, एक जनालाई अनमी शिक्षाको लागि छात्रवृत्ति गोरखामा ३ वटा गरि फर्निचर सहितको ८ वटा पुस्तकालय स्थापना, गोरखा, बाग्लुङ र रुकुम (पुर्व) का दुई हजर पाँच सय विद्यार्थीलाई हिउँदमा न्यानो राख्ने ज्याकेट वितरण, गोरखामा १ र बाग्लुङमा २ गरि तीन वटा माध्यमिक विद्यालयमा एडुटेक नेपालको सहकार्यमा सुविधा सम्पन्न कम्प्युटर ल्याव, एन्फोस्र्ड फाउन्डेशन कास्की र शिवशतिm क्याम्पस फूलबारीको सहकार्यमा बृहत शिक्षक, तालिम तथा टिचर्स इन पोखरा अन्तराष्ट्रिय शिक्षक कार्यशाला गोष्टी सहआयोजना समेत गरिएको कुँवरले बताए ।
संस्थाले विद्यालय सुधार, खानेपानी तथा सरसरफाई कार्यक्रम अन्तर्गत बन्दिपुरको भैरव आभुवि र श्री चामुण्डामाई आभविमा रङरोगन, बालअधिकार र बालमैत्री रङरोगन गरि विद्यालय सुधार कार्यक्रम गर्नेको साथै पार्टनर विद्यालयका १÷१ शिक्षक तथा एक स्वस्थ्य इकाईका १ अनमीको तलव भरणपोषण पनि सहयोग गरेको बताइएको छ ।
आगामी आवमा पनि अधिकांश कार्यक्रम निरन्तरण गरिने र थप कार्यक्रम अन्तर्गत ५५ घरमा १ घर एक धारा कार्यक्रम एक हजार जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण निसीखोला गापा बाग्लुङका ४२ वटै विद्यालयमा फोहोर मैला व्यवस्थापन सम्बन्धित स्थानिय पाठ्यक्रम लागू गर्ने गरि समझदारी गर्ने लगायतको प्रस्तावित कार्यक्रम रहेको छ ।
एन्फोस्र्ड फाउन्डेशन कास्कीका अध्यक्ष विश्वराज बास्तोला र शिवशतिm क्याम्पसका अध्यक्ष दामोदर बास्तोलाले कर्मफ्लाइटस्सँग आज समझदारी पत्रमा हस्ताक्षर गरि शिक्षक तालिममा सहकार्य गर्न पाउँदा खुसीलागेको बताउँदै आगामी दिनमा अशल शिक्षक उत्पादन गरि पोखरामा गुणस्तरिय शिक्षामा टेवा पु¥याउन आफुहरु लागि परेको बताए ।
कार्यक्रममा महिला सशतिmकरण नेपालका अध्यक्ष डिक्की कार्की, बंगलादी टोल विकाश संस्थाका अध्यक्ष बलबहादुर थापा, बंगलादी सहकारी लिका अध्यक्ष पूर्णाखर सुवेदी, शिवमणि मन्दिर तथा वन समितिका अध्यक्ष टेकनाथ अधिकारी, नेपाल प्याराग्लाइडिङ पाइलट क्लवका उपध्यक्ष कृष्ण पहारी, संस्थाका स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डे, अम्विका ममता युवा क्लव सेदीका अध्यक्ष रमेश थापा (सुमन), प्रभात आभुवि, सेदीडाँडाका प्र.अ श्यामजी बास्तोला, पिपलडाली देउराली आ.भु.वि., चापाकोटका प्र.अ. भतmबहादुर केसीले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष प्रेमबहादुर कँुवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक सचिव लक्ष्मणबहादुर थापाले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया