SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२२ गते
    १३१३ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरको १६ औं बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो।

    साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखः प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले प्रहरीको बोलीचाली मिठो तथा नम्र हुनुपर्ने औँल्याउँदै कानुनको कार्यान्वयनका लागि काम कारवाही गर्दा भने व्यवहार कडा गर्नुपर्ने बताए।प्रहरीले पनि आफुलाई सुधार्दै जानुपर्ने उनको ठहर थियो ।

    कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले समस्याको प्राथमिकीकरण गरी सामुदायिक केन्द्रहरुले कार्य गर्नुपर्ने बताए। वातावरणवाद र विकासवाद मिले मात्रै देश समृद्घ बन्न सक्ने औँल्याएका उपरिक्षक कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रमका बारेमा पनि प्रकाश पारेका थिए ।

    पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले कास्कीमा लागुपदार्थ दुर्बेशनी तथा आत्महत्याका घटनाहरु बढीरहेको तर्फ संकेत गर्दै त्यस्ता घटनाप्रति प्रहरी सचेत रहनुपर्ने आवश्यकता औँल्याए।

    यसैबीच साधारणसभाको अवसरमा पत्रकार श्रीभद्र पौडेल सम्मानित भएका छन्।पौडेललाई केन्द्रले संचालन गरेका हरेक क्रियाकलापमा क्रियाशिल रही पत्रकारिता क्षेत्र मार्फत केन्द्रका गतिविधि जनता सामु सम्प्रेषण गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।

    त्यस्तै केन्द्रले निवर्तमान अध्यक्ष जीवन अधिकारी, गत वर्ष एसइईमा उत्कृष्ठ जिपीए ल्याउने सदस्यका छोराछोरी मध्येबाट छात्रातर्फ प्राप्ति राज्यलक्ष्मी राणा र छात्रतर्फ संगम आचार्यलाई पनि सम्मान गरेको छ।

    सो अवसरमा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष सोमनाथ बास्तोला ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा १ का अध्यक्ष दामोदर शर्मा रिमाल, नेपाली काँग्रेस पोखरा १ का सभापति टंकप्रसाद पौडेल, संस्थापक अध्यक्ष सीता गुरुङ, सल्लाहकार एवं वडा प्रहरी कार्यालय वगर प्रमुखः प्रहरी निरिक्षक दिपक थापा, निवर्तमान अध्यक्ष जीवन अधिकारी, कन्या क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारी, पृथ्वी राजमार्ग वस संचालक कम्पनी लि.का अध्यक्ष योगेन्द्रबहादुर केसी, कामना जागरण महिला समूहकी अध्यक्ष सावित्री पौडेल लगायतले धारणा राखेका थिए ।

    केन्द्रका अध्यक्ष मनपती भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रामभूषण पराजुलीले स्वागत तथा केन्द्रका सचिव कल्पना आचार्यले कार्यक्रम संचालन गरेकी थिइन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं