
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
-सचिन्द्र श्रेष्ठ
हिजो मात्रै बागलुङ कालिका भगवती मन्दिर वरपर भीख मागेर बस्ने जोगी, असहाय ,अपांग सबैलाई हटाएको खबर एकाएक सामाजिक सञ्जालमा भाईरल नै बन्न पुग्यो।सर्बप्रथम बुझ्न जरुरी यो छ की आखिर किन माग्नेहरुको भीड़ मन्दिरमा नै बढी हुन्छ त ?के मन्दिरमा माग्न बस्नु गलत हो ?मन्दिरमा नै माग्न बस्नुले दर्शनार्थी तथा मन्दिर ब्यस्थापनलाई असर गरेको छ या छैन ?मन्दिरमा नै माग्न बस्नेले केहि राहत या बाध्यतामा बस्ने अवस्था सिर्जना भएको त छैन ?पहिले यस बिषयमा केंद्रित हुनु आवस्यक छ।
बिशेष गरी भन्ने हो भने काठमाण्डौमा अवस्थित पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र बिकास कोषले शिवरात्रिको अवसर पारेर बर्षेनी लाखौ साधू सन्त, तिर्थयात्री र जोगीहरुको छिमेकी मुलुक भारत देखि ठुलो मात्रामा लर्को लाग्ने गरी बोलाउने गर्दछ। तर त्यही क्रियाकलाप बागलुङ कालिका मन्दिरमा ब्यबस्थापन समितिले प्रहरी प्रशासनको आड़मा गलत्यार निकाली रहेको देख्न पाइयो।यसरी निकालनु पक्कै पनि सही होइन, जब सम्म उनिहरुको सही ब्यस्थापन हुन सक्दैन।
मन्दिरमा बसेर माग्नु,पुजा गर्नु सबैलाई जायज छ तर गलत नियत जो आफु हट्टाकट्टा छ,खरानी लगाएको भरमा आफूलाई योगी संझिन्छ,दिनभर चामल, पैसा संकलन गर्छ र रात परे पछि भट्टीमा गएर रक्सी धोक्छ ,नशालु पदार्थ या अश्लील क्रियाकलाप गर्छ मन्दिर वरपर भने त्यस्तो ब्यक्तिलाई कारबाही या मन्दिर देखि नै बहिस्कार गर्नु सही ठान्नू पर्दछ।जसले त्यहाँ एक क्षत्र रुपमा राज गरेका छन।तर यसो भनी रहदा सबै माग्न बस्नेलाइ एकै नजरले हेर्न कदापि हुदैन ।
हिन्दु धर्मं मानने हिन्दु धर्मवालम्बी जहाँ मठ मन्दिर सत्तल रहेको छ त्यस ठाउँमा बसेर माग्न बस्ने जहि तहि भेटिनछ र माग्न जायज ठानदछ र त्यहाँ दर्शन गर्न आउने जो कोही ले पनि चामल, अक्षेता,पैसा चढाउँने गर्दछन् जसले गर्दा पुण्य मिलोस।तर त्यसको गलत फाइदा अन्य जोगिको भेषमा आउनेले लिने गर्दछ।मंदिरमा मागने अपांग, असहायलाई भने मागेकै भरमा आफ्नो ज्यान तथा रोजीरोटी चलेको हुन्छ यसको प्रत्यक्ष असर उनिहरुले पनि भोगेको हुन्छ ।
प्रसंग हो १ महीना पहिले पंक्तिकारनै बागलुङ कालिका भगवती मन्दिर परिसरमा देखेको अर्को पाटो पनि कुनै जोगी या साधु सन्तको भन्दा फरक पक्कै नहोला।जहाँ मन्दिर वरपर ग्रह दशा, टार्ने भनेर धेरै पण्डितहरुको खींचातानी नै हुने गर्छ।अझ भनु भने त आफुले स्वयं पण्डित लगेर गएको छैन भने त लाइन नै लगाउनु पर्ने अवस्था आउने रहेछ।पुजा गर्न सत्तल नपाएर मन्दिरको अन्य भाग या बाटोमा गएर ग्रह दशा टार्नु पर्ने रहेछ।रमाइलो पक्ष यो छ की अझ पण्डितहरु चामल, पैसा, दूना टपरी चाडो टिप्न छिटो छिटो मन्त्र पढेर आफ्नो मानो सोझाउन १ घण्टामा ४ जना सम्मको संपूर्ण सबै रित सक्ने काम सकिएको पाइयो।यो खालको धन्दा पण्डित एबं माग्न बस्नेहरुले कमाउने ब्यबसाय नै बनाएका छन यसलाई सही तरिकाले अंकुस लगाउनु सक्नु पर्दछ।
हुन त यो घटनाको प्रत्यक्षदर्शी भएर होला जसमा यो कुनै पण्डित या माग्न बस्नेलाइ कटाक्ष मात्र हो जसले हतार हतारमा पूजा सम्पन्न गरी फाइदा उठाउने जो आफूलाई महान पण्डित भनेर भन्ने गर्छन् जसले यस्तो तरिकाले कर्मकाण्ड पूजा सम्पन्न गरेको छ त्यसको पुण्य ,धर्मं उसलेनै पाउने न हो।यस्तो प्रबृति मन्दिर आसपास देखिनुले अन्य जो बास्तबिक पण्डित ,सन्त,माग्नेहरुलाई पनि गलत छाप पार्न टेवा पुग्ने देखिन्छ।
अब के देखिन्छ भने मन्दिर आसपास चाहे मागेर बस्ने होस् या पुजा अर्चना गराउने पण्डित होस् यिनिहरुको सही ब्यस्थापन गराउने साथै सीमित जोगी या जो बास्तबिक अंगभङ्ग, असहायलाई मात्र त्यहाँ बस्न स्वीकृत दिने वा जसले मंदिरको भोग चलन गरे बापत शुल्क,कर लिन सक्यो भने पनि यसले ब्यस्थापन समितिलाई फाइदा पुग्ने र माग्न बस्नेलाइ पनि कुन प्रकारका जोगी, असहाय, अपांग ,असक्षम छन त्यसको पहिचान सहज हुने गर्दछ किन की मठ मन्दिर बिशुद्ध सार्बजनिक स्थल हो जहाँ जो कोही पनि आउन र जान सक्छ।तसर्थ सही ब्यस्थापन हुनु आवस्यक छ जसका कारण मन्दिर र दर्शनार्थीलाई हानि नहोस् किन की यो तपाई हामी सबैको साझा सम्पति हो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया