
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
काठमाडौं, । आजकल कोही दीर्घरोगी या खर्चिलो बिरामी भएको खण्डमा ‘बचाउ अभियान’ बनाएर बिरामी बचाउन सक्रिय भएका समाचार यत्रतत्र आइरहेका छन् । यस्ता अभियानले धेरैको ज्यान जोगाउन पनि सफल भएको छ । कहिलेकाँही अभियानकर्ताले बिरामीकहाँ सहयोग नपु¥याएको घटना पनि छिटपुट रूपमा नसुनिएको भने होइन । यस्तै एउटा घटना इटहरीमा घटेको छ ।
घटना भोजपुरस्थीत हतुवागढी गाउँपालिका वडा नं. ६ का भोजराज राईको छोरी बिबिना राईको हो । ११ वर्षीय बिबिना राई मुटुको विरामी थिइन् । बिबिनाका दिदी तथा आफन्तले बिबिनालाई इटहरीमा झारे । सहयोगको हात फैलाउँदा धरानमा रहेका गायक तथा संगीतकार प्रभाकर राई उर्फ रामचन्द्र राईले बिबिना राईको उपचारार्थ अभियान शुरु गरे । यस अभियानमा चर्चित हास्य कलाकार उमेश राई (फुःलेन्देकी आमा)ले पनि साथ दिएका थिए । हेर्नुहोस्, अभियानको यो भिडियो ।
अभियानको लागि नयाँअनलाइनले पनि साथ दिएको थियो । अभियानमा सहभागी भई धनकुटा र डाँडाबजारसम्म पुगेको फेसबुक लाइभ र युट्युवमा भिडियो बनाई प्रचार गरेको थियो । त्यसैगरी विभिन्न देशबाट आएको रकमलाई हस्तान्तरण गरेको भिडियो सामाग्री नयाँअनलाइनले यो सन्देशसहित राखेको थियो ।
उनको नाम बिबिना राई हो । कक्षा ६ मा अध्यनरत उनी ११ वर्षकी भइन् । उनको घर भोजपुर होम्ताङ्ग, हाल हतुवागढी गाउँपालिका वडा नम्बर ६ हो । अहिले बिराटनगर दिदीकोमा बसेर पढिरहेकी छिन् । उनको मुटुमा समस्या छ । गङ्गलाल हस्पिटल बासबारी काठमाडौं र बि.पी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका मुटुरोग विशेषज्ञहरूका अनुसार बिबिनाको मुटु नै परिवर्तन गर्नुपर्ने हुन्छ, किनकी उनको मुटु उल्टो अवस्थामा बसेको छ । यदि औषधिको मात्रै भर परे उनको आयु अब ३ वर्ष मात्र रहने छ तर मुटु परिवर्तन गरेको खण्डमा भने ६०÷७० वर्ष बचाउन सकिने डाक्टरले बताएका छन् । साथै नेपालमा उपचार असम्भव रहेको, उनको उपचार नेपालबाहिर मात्र सम्भव रहेको पनि बताएका छन् । तर उपचारका लागि कम्तिमा ३५÷३६ लाख खर्च लाग्ने हुँदा घरको आर्थिकले धान्न नसकेपछि उनको परिवारले सहयोगको अपिल गरेका छन् ।
बिबिनाले नयाँ जिन्दगी पाउने कि नपाउने ? त्यो निर्णय अब तपाईं हाम्रो हातमा छ ।अभियान सञ्चालन गर्न प्रभाकर राई संयोजक रहनेगरी एक समिति निर्माण गरिएको थियो । उक्त समितिको सचिवमा अस्मिता खोवाङ राई, कोषाध्यष सुरेन्द्र राई र सदस्यहरू चन्द्र राई, सुर्य घिसिङ, लक्ष्मि राई, विष्णु राई, जुनु राई, उमेश राई, सन्देश राई थिए । कोषाध्यक्ष सुरेन्द्र विरामी बिबिनाकी सहोदार दाजु हुन् ।
सहयोगको लागि गाउँपालिकाबाटै अभियान
विपन्न भोजराज राईलाई छोरीको उपचारमा आर्थिक समस्या भएपछि वडामा सहयोगका लागि निवेदन दिए । निवेदन प्राप्त भएपछि वि.सं. २०७५ साल फागुन ८ गते वडाअध्यक्ष प्रेमकुमार राईको संयोजकत्व प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा र स्वास्थ्य संयोजक जयकुमार राई सदस्य सचिव रहनेगरी एउटा बैठक बसेको थियो ।
बैठकले निर्णय गरेको पूर्णपाठ यस्तो छ ।
यस हतुवागढी गाउँपालिका ६ नं. कार्यालय, होमताङ, भोजपुरको मिति २०७५।११।०७ को सिफारिस तथा यस कार्यालयमा प्राप्त निवेदन अनुसार श्री भोजराज राईको छोरी हतुवागढी गाउँपालिका वडा नं. ६ भोजपुरका श्री बिबिना राई मुटुरोगी विपन्न नागरिक भएको बुझिएको हुँदा नीजको मुटुरोगको उपचारको लागि शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी, काठमाडौंलाई विपन्न नागरिकलाई नेपाल सरकारबाट दिईने कडा रोगहरूको औषधि उपचार सहुलियतको लागि यस कार्यालयको सिफारिस भाग भई आए अनुरूप सिफारिस दिने निर्णय गरियो ।
यो निर्णय गरेको भोलीपल्ट गाउँपालिकाको तर्फबाट गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई सिफारिस गरेको थियो । निर्णय पत्र र सिफारिस गरेको पत्र ।
अभियानले टोली नै बनाएर धनकुटा बजार, चौविस डाँडाबजार, भेडेटार र पूर्वको विभिन्न ठाउँसम्म पुगेर सहयोग जुटाएको थियो । सहयोग जुटाउन गएको बेला नयाँअनलाइनकर्मी सीता तुम्खेवा फेसबुकमार्फत लाइभ गरेकी थिइन् ।
बिबिना राईको लागि देशविदेशबाट सहयोग जुट्न थालेको त्यसपछिका समाचारहरूबाट बुझ्न सकिन्छ । गायिका मेलिना राईले विदेश पुगेको बेला जुटेको सहयोग हस्तान्तरण गरेको समाचारबाट बुझिन्छ । विभिन्न सञ्चारमाध्यम र युट्युवमा सहयोगको लागि सुरेन्द्र राईको नाममा रहेको लक्ष्मी बैंकको खाता नम्बर राखिएको छ ।
बिबिना राईको लागि अभियान राम्रैसँग चलेको देखिन्छ । अभियानका केही स्न्यापसटहरू नयाँअनलाइनले फेला पारेको छ । धनकुटा घर भई हाल बहराइन रहने भीमनारायण लिम्बूको पहलमा ४७ हजार रूपैया संकलन भएको देखिन्छ । त्यसैगरी भोजपुर होम्ताङ ९ (हाल हतुवागढी ६) निवासी हेमन राई र मोनकुमार राईले दुवईबाट ३५ हजार १ सय ७३, राजकुमार राई साम्पाङको पहलमा साउदीबाट ६८ हजार ६८ संकलन भएका छन् । अहिले बिरामीसँगै रहेकी बन्दना राईको पहलमा १ लाख ४२ हजार रूपैया संकलन भएको बताउँछिन् । यसरी ज्ञातअज्ञातबाट सहयोग जुटेको रकम १४ लाख ४७ हजार ३६ रूपैया जम्मा भएको माइन्युटमा देखिएको छ ।
पैसा जम्मा भएपछिको कलह
जम्मा भएको रकम सुरेन्द्रकै खातामा थियो । विरामी बिबिना राईलाई गंगालाल हृदयरोग केन्द्रमा ल्याउँदा गंगालालले टिचिङस्थीत मनमोहनमा रिफर ग¥यो । त्यहाँ उपचार भइरहेको बेला संयोजक प्रभाकर राईले पैसा समितिकहाँ हुनुपर्ने जिकिर गर्न थालेको सुरेन्द्र बताउँछन् । बहिनीको उपचार भइरहेको बखत प्रभाकर राईको नेतृत्वमा इलाका प्रहरी धरानकहाँ पुगेरै पैसा समितिमा आउनुपर्ने माग राखे । समितिले उठाएको पैसा समितिमै रहनुपर्ने कुरा नराम्रो नरहेको ठानी सुरेन्द्रले खाताबाट झिकी हस्तान्तरण गरेका रहेछन् । हस्तान्तरण गर्दा माइन्युट पनि गरिएको रहेछ ।
उक्त माइन्युटको निर्णय यसरी लेखिएको छ ।
प्रस्ताव नं. २ माथि छलफल गर्दा यस बिबिना राई बचाउ अभियानबाट संकलन गरिएको रकम रु. १४,४७,०३६ (अक्षरेपी चौध लाख सत्चालिस हजार छत्तिस रूपैया) जम्मा भएकोमा विरामीलाई खर्च गरी रहेको रकम जम्मा रु ११,४६,८१२ (अक्षरेपी रूपैया एघार लाख छ्यालिसहजार छत्तिस) कोषाध्यक्ष सुरेन्द राईको खाताबाट निकाली श्री लक्ष्मी राई, अस्मिता राई, भुवनसिंह राईको नाममा संगोल खाता खोली बिबिना राई बचाउ अभियानको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने सर्वसहमतबाट निर्णय पारित गरियो ।
वैठकबाट ११ लख ४६ हजार ८ सय १२ लिएको देखिएपनि मिति २०७६ वैशाख २३ गते राष्ट्रिय वाणिज्य बैंकको शाखा इटहरीमा खाता खोल्दा ९ लाख ५० हजार मात्र जम्मा गरेको देखिन्छ । यसबारे संयोजक प्रभाकर राईसँग बुझ्दा बाँकी रकम बैंकमा नहाली दिल्ली जानको लागि बिरामीलाई दिइएको बताए तर सुरेन्द्रले भने आफुलाई १ लाख मात्र दिएको बताउँछन् ।
बिरामी बहिनीलाई लिएर सुरेन्द्र दिल्ली पुगे । दिल्लीको एम्स अस्पतालमा उपचार गराइरहेका सुरेन्द्रले बिरामीको अवस्था समितिलाई जानकारी दिइ नै रहेको बताउँछन् । पैसाको माग गर्दा प्रत्येक बिल पठाउनुपर्ने जिकिर गरी आलटाल गर्न थाले । नयाँअनलाइनले प्रभाकरलाई यसबारे बुझ्दा चेकमा हस्ताक्षर गर्ने व्यक्ति पहाड गएकोले तत्काल झिक्न नसक्ने बताएका थिए । चेकबाट तत्काल झिक्न नसकिने भएकोले कतैबाट खोजखाज गरी पठाउने बताए । त्यतिबेला भारतीय रूपैया २५ हजार प्राप्त गरेको सुरेन्द्रले जानकारी दिए ।
तर बैंकको स्टेटमेन्ट हेर्दा वैशाख ३० गते अस्मिता राई, भुवनसिंह राई र लक्ष्मीले ३० हजार निकालेको देखिन्छ । त्यसपछि लगातार भुवनसिंह राईले जेठ २ गते १ लाख २० हजार, ५ गते रामचन्द्र राईले ५० हजार, १२ गते भुवनसिंह राईले ३ लाख ५० हजार, २१ गते भुवनसिंह राईले २ लाख ५० हजार, २४ गते रामचन्द्र राईले ५० हजार, २९ गते रामचन्द्र राईले ८० हजार, असार ६ गते भुवनसिंह राईले १८ हजार निकालेको देखिन्छ । यसरी १ महिनाभित्रै ९ लाख ४८ हजार रूपैया निकालिसकेको देखिन्छ ।
त्यसैगरी खातावालाकै नामबाट असार ९ गते ५ हजार, साउन ४ गते विष्णु राईबाट ३० हजार जम्मा भएको देखिन्छ । त्यसको ५ दिनपछि लक्ष्मी राईले ३७ हजार निकालेकी छिन् । साउन १० गते विष्णु राईबाट २० हजार र लक्ष्मी राईबाट २२ हजार जम्मा गरेको देखिन्छ भने साउन १२ गते लक्ष्मी राईबाट ४० हजार निकालेको देखिन्छ । अहिले खातामा ३ हजार ७ सय २१ मौज्दात छ ।
प्रभाकर राईलाई फोनसम्पर्क गर्दा विरामीलाई उपचार भइरहेको बताए । र, बैंकमा मौज्दात ९ लाख २६ हजार रहेको बताए । नयाँअनलाइनले बैंकको स्टेटमेन्ट पाएको र बैकंमा मौज्दात ३ हजार ७ सय २१ मात्र रहेको बताएपछि बिरामीकै सहयोग पुग्नेगरी ब्याजमा लगाइएको बताए । ब्याजमा लगाउने माइन्युट पनि छ कि भनेर बुझ्दा माइन्युट गरिएको छ र सचिव अस्मिता राईसँग उक्त माइन्युट रहेको बताए । तर अस्मिता राईलाई बुझ्दा त्यसरी ब्याजमा नलगाइएको र माइन्युट पनि नगरिएको बताइन् । पैसा बैंकमा रहेको पनि जिकिर गरिन् ।
उता दिल्लीमा बिरामी बिबिना राईसँग आमा, दिदी र अभियानकर्ता बन्दना राई छन् । बन्दना राईसँगको सम्पर्कमा आउँदो शुक्रबारमात्र विरामीलाई अप्रेसन गर्ने या औषधिमात्र खुवाउने भन्ने कुराको टुङ्गो लाग्ने बताइन् । दिल्लीसम्म जान समितिले हवाईटिकट काटिदिएको र नेपाली रूपैया ७१ हजार दिएको बन्दनाले बताइन् । उक्त रकमलाई भारतीय रूपैयामा सटही गर्दा ४३ हजार ६ सय ६५ भएको थियो । दिल्लीको बसाई खर्चिलो भएको हुँदा उक्त रकम सकिँदै गएको जानकारी बन्दनाले दिइन् ।
यता समितिका व्यक्तिहरुबीच फरक–फरक कुरा आएपछि रकम नियतवश नै चलाएको देखिन्छ भने उपचारको लागि जुटेको रकमको आशले दिल्ली पु¥याएकी बिबिनाको हालत के हुने भन्ने कुराले परिवार चिन्तित भएका छन् । साथै बिरामीको लागि जुटाइएको पैसा यसरी हिनामिना गर्दा दाताहरुमा कस्तो असर पर्ला भन्ने पिरलो लागेको पनि बिरामीका दाई सुरेन्द्र बताउँछन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया