
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा, । नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ । नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने धारणा राखे । विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गरेको आचार्यले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले स्थानीय तहले शिक्षकलाई पेल्यो भन्ने गुनासो गर्न छोडेर आफ्नो कर्तव्य पूरा गर्नेतर्फ केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरे । उनले शिक्षक महासङ्घले कास्कीको शिक्षक दरबन्दी मिलानलगायतका शैक्षिक समस्या समाधानका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै सबैले गर्ने गतिविधि विद्यार्थीकेन्द्रित हुनुपर्नेमा भनाइ राखे ।नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेलले कास्कीको शैक्षिक आन्दोलनको स्मरण गर्दै पेसागत हितका लागि सबै जना मिलेर लाग्नुपर्नेमा जोड दिए ।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपाध्यक्ष राम पोखरेलले महासङ्घको आह्वानमा २९ दिनसम्म भएको शिक्षक आन्दोलनको उपलब्धि क्रमशः देखिने बताए । उनले आन्दोलनका क्रममा देशभरका शिक्षकले गरेको मिहिनेत खेर जान नदिन महासङ्घ प्रतिबद्ध रहेको बताउँदै पेसागत संस्थाको महŒव कहिल्यै पनि नघट्ने जिकिर गरे ।
कार्यक्रममा महासङ्घ, कास्कीका सहअध्यक्ष डिल्लीराम बराल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तीर्थराज ढकाल, नेपाल शिक्षक सङ्घ, कास्कीका सचिव तारानाथ भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष प्रकाश रिजाल, नेपाल शिक्षक युनियन, कास्कीका पूर्वअध्यक्ष जगन्नाथ अधिकारी, पोखरा महानगरपालिका, शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका पूर्वअध्यक्ष तारनाथ पौडेल, महासङ्घ, कास्कीका निवर्तमान अध्यक्ष बोधराज पौडेल, निवर्तनमान सचिव मनिराम कडेल, नेपाल प्रगतिशील शिक्षक सङ्गठनका अध्यक्ष कलाधर सुवेदी, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष प्रेमबहादुर थापा, नेपाल शिक्षक महासङ्घ, पोखराका अध्यक्ष नन्दलाल काफ्लेलगायतले शिक्षक तथा कर्मचारीका हकहितका लागि महासङ्घले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सो अवसरमा कास्कीको शैक्षिक आन्दोलनमा विशेष योगदान गरेको भन्दै नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेल, युनियनकै पूर्वअध्यक्ष जगन्नाथ अधिकारी, महासङ्घका केन्द्रीय उपाध्यक्ष राम पोखरेल, कास्कीका निवर्तनमान अध्यक्ष बोधराज पौडेल, निवर्तमान सचिव मनिराम कडेल र रुद्रनाथ सापकोटालाई सम्मान गरिएको थियो ।
सो अवसरमा महासङ्घ, कास्कीका सचिव हर्क लामिछानेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो । सोही अवसरमा भएको शैक्षिक अन्तरक्रियामा स्थानीय भत्ता, प्रअ नियुक्तिलगायत विषयमा छलफल भएको थियो । आगामी दिनमा ती विषयमा स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरिने सहअध्यक्ष तथा कार्यक्रम संयोजक डिल्लराम बरालले जानकारी दिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया