
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा, । नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ । नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने धारणा राखे । विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गरेको आचार्यले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले स्थानीय तहले शिक्षकलाई पेल्यो भन्ने गुनासो गर्न छोडेर आफ्नो कर्तव्य पूरा गर्नेतर्फ केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरे । उनले शिक्षक महासङ्घले कास्कीको शिक्षक दरबन्दी मिलानलगायतका शैक्षिक समस्या समाधानका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै सबैले गर्ने गतिविधि विद्यार्थीकेन्द्रित हुनुपर्नेमा भनाइ राखे ।नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेलले कास्कीको शैक्षिक आन्दोलनको स्मरण गर्दै पेसागत हितका लागि सबै जना मिलेर लाग्नुपर्नेमा जोड दिए ।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपाध्यक्ष राम पोखरेलले महासङ्घको आह्वानमा २९ दिनसम्म भएको शिक्षक आन्दोलनको उपलब्धि क्रमशः देखिने बताए । उनले आन्दोलनका क्रममा देशभरका शिक्षकले गरेको मिहिनेत खेर जान नदिन महासङ्घ प्रतिबद्ध रहेको बताउँदै पेसागत संस्थाको महŒव कहिल्यै पनि नघट्ने जिकिर गरे ।
कार्यक्रममा महासङ्घ, कास्कीका सहअध्यक्ष डिल्लीराम बराल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तीर्थराज ढकाल, नेपाल शिक्षक सङ्घ, कास्कीका सचिव तारानाथ भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष प्रकाश रिजाल, नेपाल शिक्षक युनियन, कास्कीका पूर्वअध्यक्ष जगन्नाथ अधिकारी, पोखरा महानगरपालिका, शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका पूर्वअध्यक्ष तारनाथ पौडेल, महासङ्घ, कास्कीका निवर्तमान अध्यक्ष बोधराज पौडेल, निवर्तनमान सचिव मनिराम कडेल, नेपाल प्रगतिशील शिक्षक सङ्गठनका अध्यक्ष कलाधर सुवेदी, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष प्रेमबहादुर थापा, नेपाल शिक्षक महासङ्घ, पोखराका अध्यक्ष नन्दलाल काफ्लेलगायतले शिक्षक तथा कर्मचारीका हकहितका लागि महासङ्घले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सो अवसरमा कास्कीको शैक्षिक आन्दोलनमा विशेष योगदान गरेको भन्दै नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेल, युनियनकै पूर्वअध्यक्ष जगन्नाथ अधिकारी, महासङ्घका केन्द्रीय उपाध्यक्ष राम पोखरेल, कास्कीका निवर्तनमान अध्यक्ष बोधराज पौडेल, निवर्तमान सचिव मनिराम कडेल र रुद्रनाथ सापकोटालाई सम्मान गरिएको थियो ।
सो अवसरमा महासङ्घ, कास्कीका सचिव हर्क लामिछानेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो । सोही अवसरमा भएको शैक्षिक अन्तरक्रियामा स्थानीय भत्ता, प्रअ नियुक्तिलगायत विषयमा छलफल भएको थियो । आगामी दिनमा ती विषयमा स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरिने सहअध्यक्ष तथा कार्यक्रम संयोजक डिल्लराम बरालले जानकारी दिए ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया