SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/९/७ गते
    ४१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ ।

    एक्सपल्स राइडर नेपाल क्लबद्वारा पर्यटन प्रवद्र्धनको लागि आयोजित बाइक टूरमा १२ जना सहभागी छन् । उक्त टोलीसँग टेवानले पोखराको पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तरक्रिया समेत गरेको छ । क्लबका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार पहिलो दिन काठमाडौंबाट हिँडेको टोली शुक्रबार चितवनको सौराहामा बास बसेको थियो । सौराहाबाट शनिबार पोखरा आएको टोली आइतबार लमजुङको घलेगाउँ पुगेको छ । काठमाडौं, चितवन र पोखरालाई ‘गोल्डेन ट्र्यांगल’ मानेर पर्यटन बोर्डको समेत सहयोगमा क्लबले बाइक टूर आयोजना गरेको हो । उक्त टूरका क्रममा यी सहरसहित नजिकका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने उनले बताए । ‘विश्व पर्यटन दिवसका अवसरमा सेप्टेम्बर २७ मै बाइक टूर गर्ने योजना जेन–जी आन्दोलनका कारण धकेलियो,’ उनले भने, ‘कोरोना महामारीपछि ध्वस्त भएको पर्यटन क्षेत्रलाई टेवा पु¥याउन आन्तरिक पर्यटन प्रवद्र्धनमा बाइक टूरले भूमिका खेल्नेछ ।’

    उक्त टोलीले चितवनमा जिप सफारी, डुंगा सयर र दृश्यावलोकन गरी कुमाल होमस्टेमा अन्तरक्रियामा सहभागी भएको थियो । आइतबार पोखराका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी घले गाउँका लागि निस्किएको हो । यसअघि सन् २०१९ मा क्लबको आयोजनामा एक सयजना बाइक राइडरले ७७ वटै जिल्लाको भ्रमण गरेका थिए । क्लबकै माध्यमबाट बंगलादेशका राइडर नेपाल आएर मुस्ताङसम्म पुगेका थिए । पर्यटन बोर्डको सहयोग र राइडर स्वयंको खर्चमा बाइक टूर आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

    अन्तरक्रियामा पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले बाइक टूरले पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन यस्ता गतिविधिले सहयोग पुग्नेछ,’ उनले भने । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङले यो यात्राले नेपाल र पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे ।

    टेवानकी निवर्तमान अध्यक्ष एवं टूरकी सल्लाहकार कमला गिरीले टूरलाई निरन्तरता पाउँदा पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताइन् । टेवान अध्यक्ष शोभा पाण्डेले नेपालको पर्यटनलाई विश्वसामु परिचित गराउन यस्तो कार्यक्रमले सहयोग पु¥याउने बताइन् । ‘सबै मौसमका लागि पोखरा उपयुक्त छ भन्ने यो टूरले पनि प्रमाणित गरेको छ,’ उनले भनिन्, ‘आन्तरिकसँग बाह्य पर्यटन प्रवद्र्धन गर्न टूरले खेलेको भूमिका प्रशंसनीय छ ।’ टेवान महासचिव शोभा अधिकारी पौडेलले बाइक टूर टोलीलाई पोखरामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन् । सोमबार घले गाउँबाट उक्त टोली काठमाडौं फर्किनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं