
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ ।
एक्सपल्स राइडर नेपाल क्लबद्वारा पर्यटन प्रवद्र्धनको लागि आयोजित बाइक टूरमा १२ जना सहभागी छन् । उक्त टोलीसँग टेवानले पोखराको पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तरक्रिया समेत गरेको छ । क्लबका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार पहिलो दिन काठमाडौंबाट हिँडेको टोली शुक्रबार चितवनको सौराहामा बास बसेको थियो । सौराहाबाट शनिबार पोखरा आएको टोली आइतबार लमजुङको घलेगाउँ पुगेको छ । काठमाडौं, चितवन र पोखरालाई ‘गोल्डेन ट्र्यांगल’ मानेर पर्यटन बोर्डको समेत सहयोगमा क्लबले बाइक टूर आयोजना गरेको हो । उक्त टूरका क्रममा यी सहरसहित नजिकका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने उनले बताए । ‘विश्व पर्यटन दिवसका अवसरमा सेप्टेम्बर २७ मै बाइक टूर गर्ने योजना जेन–जी आन्दोलनका कारण धकेलियो,’ उनले भने, ‘कोरोना महामारीपछि ध्वस्त भएको पर्यटन क्षेत्रलाई टेवा पु¥याउन आन्तरिक पर्यटन प्रवद्र्धनमा बाइक टूरले भूमिका खेल्नेछ ।’
उक्त टोलीले चितवनमा जिप सफारी, डुंगा सयर र दृश्यावलोकन गरी कुमाल होमस्टेमा अन्तरक्रियामा सहभागी भएको थियो । आइतबार पोखराका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी घले गाउँका लागि निस्किएको हो । यसअघि सन् २०१९ मा क्लबको आयोजनामा एक सयजना बाइक राइडरले ७७ वटै जिल्लाको भ्रमण गरेका थिए । क्लबकै माध्यमबाट बंगलादेशका राइडर नेपाल आएर मुस्ताङसम्म पुगेका थिए । पर्यटन बोर्डको सहयोग र राइडर स्वयंको खर्चमा बाइक टूर आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
अन्तरक्रियामा पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले बाइक टूरले पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन यस्ता गतिविधिले सहयोग पुग्नेछ,’ उनले भने । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङले यो यात्राले नेपाल र पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे ।
टेवानकी निवर्तमान अध्यक्ष एवं टूरकी सल्लाहकार कमला गिरीले टूरलाई निरन्तरता पाउँदा पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताइन् । टेवान अध्यक्ष शोभा पाण्डेले नेपालको पर्यटनलाई विश्वसामु परिचित गराउन यस्तो कार्यक्रमले सहयोग पु¥याउने बताइन् । ‘सबै मौसमका लागि पोखरा उपयुक्त छ भन्ने यो टूरले पनि प्रमाणित गरेको छ,’ उनले भनिन्, ‘आन्तरिकसँग बाह्य पर्यटन प्रवद्र्धन गर्न टूरले खेलेको भूमिका प्रशंसनीय छ ।’ टेवान महासचिव शोभा अधिकारी पौडेलले बाइक टूर टोलीलाई पोखरामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन् । सोमबार घले गाउँबाट उक्त टोली काठमाडौं फर्किनेछ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया