SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/९/२ गते
    २९ &#२३४६;&#२३३५;&#२३२५;

    हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ९ स्विटर, टोपी ० वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राख्नुका साथै हेमजा यूनाईटेड खेलकुद सँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेको थप उल्लेख गर्दै कार्यक्रमका बिच क्लबले गरेको सामाजिक कामको प्रशंसा गरे ।

    युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न कार्य गर्दै आइरहेको र स्व अनुरूप स्टेशनरी सामग्री र मौसम अनुकूल न्यानो कपडा वितरण गरिएको बताए । जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठन पठान कार्यमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । प्रविधि युक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि युनाईटेड परिवार सँगै रहने प्रतिबद्धता समेत गरेका थिए ।

    कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकरी , विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायण बहादुर कुवार , प्रधानाध्यपक ईन्द कुमारी पुन लगायतले बोलेका थिए ।

    क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

    हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ...

    दोभान कप जारी दोस्रो दिन ५ खेल सम्पन्न

    पोखरा ।दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा...

    स्वधर्म माबिको वार्षिकोत्सब सम्पन्न,पाण्डेयद्वारा पुरस्कार सौजन्य गर्ने घोषणा

    पर्वत । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का...

    “आठौ पर्वत महोत्सवमा तयारी तीब्र”

    पर्वत । “गण्डकी प्रदेश स्तरीय आठौ पर्वत महोत्सवको दिन नजिकिदै छ । यतिवेला सवैजसो तयारीहरु...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं