
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेको पर्वत जेसीजले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।संस्था तथा संस्थाले आयोजना कार्यक्रमहरूको सञ्चालन गर्न युवाहरूले स्वयंसेवी रूपमा गरिरहेका काम र सामाजिक उत्प्रेरणाका लागि सन २०२५ लक्ष्य अनुसारका कार्यक्रमहरू सञ्चालन भएपछि पर्वत शाखाका अध्यक्ष अच्युत पौडेलको उत्कृष्टको सूचीमा समावेश भएर अवार्डका लागि योग्य मानिएको हो । वर्षभरिमा आफूहरूले गरेका कामहरूले समाजमा दिएको योगदान र दिगो विकासको लक्ष्य हासिल गर्नका लागि जेसीज तोके अनुसारको मापदण्ड पूरा भएपछि शाखाले अवार्ड पाएको अध्यक्ष पौडेलले बताए ।
दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि जेसीजले निर्धारण गरेका १७ वटा मापदण्डहरू पूरा गरेपछि शाखाको कामलाई उत्कृष्ट मान्दै हालै ट्युनिसियामा सम्पन्न कार्यक्रममा अवार्डको घोषणा भएको हो । आफूहरूको समर्पण र प्रभावकारी कामको पहिचानको आधारमा विश्वभरका जेसीजहरुको साझा सम्मेलनबाट यो निर्णय भएको हो ।
पर्वत जेसीज एसियन मुलुकहरूबाट नेपालको प्रतिनिधित्व गर्दै स्टार लोकल प्रेसिडेन्टको सम्मान अवार्ड प्राप्त गरेको हो ।
आफ्नो शाखाले पाएको यो सम्मान केवल आफूहरूको मात्रै नभई जेसीजका सम्पूर्ण पदाधिकारी तथा सदस्य र जेसीजसँग सहकार्य गरेर सफल कार्यक्रमहरुमा सहकार्य गर्ने सबैको योगदानको समेत भएको अध्यक्ष पौडेलले बताए ।
यसअघि पनि युवाहरूको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य तथा सृजनात्मक गतिविधिमा सक्रिय पर्वत जेसीज नेपाल जेसीजको राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको थियो । भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीजको क्षेत्र “ख“ सम्मेलनमा पर्वत जेसीजले यस वर्ष गरेका कार्यक्रम तथा गतिविधिको आधारमा बेस्ट लोम इन ब्रान्डिङ एन्ड भिजिबिलिटी अवार्ड प्राप्त गरेको थियो ।
नेपाल जेसीजको आयोजना र तनहुँको व्यास नगर जेसीजको आतिथ्यमा सम्पन्न सम्मेलनमा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं सम्मेलन सभापति एलिना महर्जनले पर्वत जेसीजका शाखा अध्यक्षलाई उक्त अवार्ड प्रदान गरेकी थिइन ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया