SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/७/१३ गते
    १५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । महामन्त्री थापा निकट नेताहरूका अनुसार, नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री थापा बैठकमा सहभागी नभएका हुन् ।

    केन्द्रीय समिति बैठक सुरु हुनुअघि कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सानेपामै छलफल गरेका थिए ।नेताहरूका अनुसार, उक्त बैठकमा महामन्त्री थापाले आजको बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नका लागि कार्यवाहक सभापति को स्वीकृति खोजेका थिए।

    कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्नु नसकेपछि उक्त बैठक लगत्तै बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित भएका हुन् । तीन नेताको बैठकपछि कार्यबाहक सभापति खड्का र अर्का महामन्त्री शर्मा भने बैठक कक्षमा पुगेपनि थापा भने सहभागी भएनन् ।

    महामन्त्री थापाले २७ असोजको कार्य सम्पादन समितिको बैठकमा मंसिर २७ देखि २९ सम्म नियमित महाधिवेशन को लागि कार्यतालिका प्रस्ताव गरेका थिए । सोही प्रस्ताव केन्द्रीय समितिमा पेश गर्न सहमति जुट्न सकेको छैन ।

    कांग्रेसमा बैठकमा पेश गर्ने एजेन्डाबारे बैठकअघि शीर्ष तहमा सहमति जुटाउने प्रचलन छ । १२ दिनपछि बसेको केन्द्रीय समिति बैठक अघि तीन शीर्ष नेताको बैठक बसे पनि कार्यतालिका पेश गर्ने विषयमा सहमति हुन सकेको थिएन ।

    महामन्त्री निकट एक नेताले भने, ‘बैठकका लागि बैठक मात्रै हुने तर महाधिवेशनको कार्यतालिकाबारे छलफल हुन नसक्ने भएपछि महामन्त्री बैठकमा सहभागी नभएको बुझेको छु ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं