
शिशिर,पोखरा । पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा ग्लोबल क्वीज प्रतियोगिता सम्पन्न भएको छ।प्रत्येक शुक्रवार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ९ का छात्राद्वय मन्जिसा भुजेल र सृष्टि खड्का, कक्षा ८ का छात्र छात्रा अंकिता पौडेल र असिम अधिकारी प्रथम र रातो सदनबाट कक्षा १० की छात्रा प्रशंशा कार्की, कक्षा ९ का छात्र दिवस घिमिरे, कक्षा ७ का छात्र आदित्य लम्साल र कक्षा ६ की छात्रा अदिती तिमिल्सिना द्वितीय भएका छन् । विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीले पाठ्यपुस्तकको अध्ययन सँग सँगै समसामयिक विषयमा पनि जानकारी राख्नुपर्ने बताउनुभयो।
सो कार्यक्रमको सञ्चालन अतिरिक्ति क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।
















