
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको योगदान अतुलनिय रहेकाले संघीय शिक्षा ऐन र विधेयकमा निजी बिद्यालय बन्द गर्ने गरि ल्याउन लागेको नीति सच्चाउनुपर्नेमा जोड दिएका थिए । जिल्ला स्थित संस्थागत विद्यालयका संघ संगठन र सरोकारवाला निकाय, राजनैतिक दल र पत्रकारहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले सामुदायिक तथा निजी सवैलाई सर्वभौम हुने निति ल्याउनुपर्ने कुरामा जोड दिएका छन ।
नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयको ठुलो योगदान रहेकोले शिक्षा ऐनमा आएका केहि कुराहरुलाई परिमार्जन गर्न उनिहरुले माग गरेका छन् । शिक्षाका लागि निजी क्षेत्रबाट संचालन गरिएका विद्यालयले गरेको योगदानलाई राज्यले भुल्न नहुनेमा जोड दिएका छन् । अहिले ल्याउन लागिएको संघीय शिक्षा ऐनमा निजी बिद्यालय बन्द गर्ने गरि ल्याउन लागेको नीति विरुद्ध राजनीतिक दलका प्रतिनिधिहरले समेत ऐक्यवद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागीले राज्यको चौतर्फी बिकासका लागि निजी क्षेत्रले गरेको योगदानलाई भुल्न खोजेको आरोप लगाए । राज्यले निजी क्षेत्रलाई हतोत्साही बनाउन खोजेको भन्दै प्रोत्साहन गर्न आवश्यक रहेको उनिहरुको ठहर छ । २०१६ देखिको शिक्षा अहिलेको समयमा खस्कीदै गएको बताउँदै अहिले शिक्षा ऐन संशोधको आवश्यकता रहेको उनिहरुको भनाई छ ।
शिक्षा ऐन संशोधन गर्दै सवै क्षेत्रलाई मिलाएर लैजानुपर्ने अहिलेको आवश्यकता देखिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा। चुडामणी शर्मा, नेकपा एमालेका जिल्ला सदस्य राजु पौडेल, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य गोपि अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रुद्रप्रसाद तिमिल्सिना, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्याब्सन पर्वतका सल्लाहाकार यामप्रसाद शर्मा लगायतले धारणा राख्नुभएको थियो ।
प्याव्सन पर्वतका अध्यक्ष बिमल पौडेलले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने र एकीकृत छात्रबृत्ति प्रणाली भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग रहेको बताउनुभयो ।
कार्यक्रम प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेलको अध्यक्षता र सचिब भोला सुवेदीको संचालनमा सम्पन्न भएको थियो । शिक्षा बिधेयक प्रतिनिधीसभाले पास गरेसंगै निजी बिद्यालयका संचालकहरु आन्दोलनमा उत्रिएका हुन । यसैबीच प्याव्सन, एन प्याव्सन, हिसान, अपेन र एनएमए ले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगि ज्ञापन पत्र समेत बुझाएका छन् ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया