
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ स्थित श्री काफलचौर माध्यमिक विद्यालयले शुक्रबार आफ्नै विद्यालय करेसाबारीमा उत्पादन गरिएको ताजा अर्गानिक तरकारी प्रयोग गरी विद्यार्थीलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमै भएको सो कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता थियो।
यसअघि विद्यालयका शिक्षकहरूले भदौ ५ गते पुरुष शिक्षक द्वारा शिक्षिकाहरुलाई खुवाउने कार्यक्रम आयोजना गरेका थिए। त्यसको निरन्तरतामा आज विद्यार्थीहरूसँगै सामूहिक दर आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माले जानकारी दिनुभयो भने ब्यबस्थापन समितीका आदक्ष्य राम गुरुङ ले शुभकामना सन्देश पठाउनु भएको छ। उहाँका अनुसार विद्यालयमा उत्पादन हुने अर्गानिक तरकारीलाई दैनिकीमा उपयोग गर्दै जङ्क फुडलाई पूर्णतः निषेध गर्ने विद्यालयको नीति अनुरूप यो कार्यक्रम गरिएको हो।
विद्यालयको करेसाबारी सञ्चालन र व्यवस्थापनमा शिक्षक सन्तोष पौडेलले विशेष भूमिका निर्वाह गर्नुभएको छ। उहाँको सक्रिय पहलका कारण विद्यालय करेसाबारी आज नमुना रूपमा विकसित भएको छ, जसले विद्यार्थीलाई स्वस्थ खानतर्फ प्रेरित गर्नुका साथै आत्मनिर्भर उत्पादन र श्रम–मूल्यबोधमा पनि मार्गदर्शन गरिरहेको छ।
कार्यक्रम सञ्चालन शिक्षिका सोनीले गर्नुभएको थियो भने सहयोगका लागि गोपाल सुवेदी, कमला शर्मा, रितु गुरुङ र द्रौपती गुरुङलगायत शिक्षक–शिक्षिकाले उल्लेखनीय योगदान दिनुभएको थियो।“त्यस्तै गरी रामु सुबेदी, धर्मदत्त शर्मा र भोला शर्मा ,विष्णुप्रसाद शर्माले दर खुवाउने कार्यक्रममा पकाउनेदेखि व्यवस्थापनमा ठूलो सहयोग गर्नु भएको छ।”
विद्यालयका सरोकारवालाहरूले यस्तो कार्यक्रमले विद्यार्थीलाई विद्यालयप्रतिको आत्मीयता बढाउनुका साथै अर्गानिक उत्पादन, स्थानीय स्रोत र श्रमप्रतिको सम्मानलाई प्रोत्साहित गर्ने बताएका छन्।
विद्यार्थीहरूले पनि सामूहिक दरले आपसी मित्रता, सहकार्य र विद्यालय जीवनलाई अझ रमाइलो बनाएको प्रतिक्रिया दिएका छन्। विद्यालय परिवारले आगामी दिनमा जङ्क फुडलाई पूर्ण रूपमा निषेध गर्दै अर्गानिक तरकारी र करेसाबारीको उत्पादनलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया