
शिशिर,पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा सह प्रा डा प्रेमराज पंगेनी नियुक्त हुनुभएको छ । प्रतिष्ठानको उपकूलपतिमा केही दिन अघि मात्र नियुक्त हुनुभएका प्राडा भरतबहादुर खत्रीले सह प्राडा पंगेनीलाई मंगलबार निर्देशक नियुक्त गर्नुभएको हो। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा पंगेनी यस अघि मातृशिशु मितेरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो। उहाँको कार्यकालमा मितेरी अस्पतालले विभिन्न सेवा विस्तार समेत गरेको थियो।
यसअघि प्रतिष्ठानको डीनमा सह प्राडा डेभिड श्रेष्ठ नियुक्त हुनुभएको छ ।
















